काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि एक युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका छन्।

स्रोतका अनुसार मुगु सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपाली राइड सेयरिङ गर्ने गरेको र महानगर प्रहरीले पार्किङमा राखेको मोटरसाइकलमा व्हील लक लगाएपछि बाइकबाट पेट्रोल निकालेर उनले शरीरमा आगो लगाएका हुन् ।
गम्भीर घाइते भएका उनलाई प्रहरीले तत्काल वीर अस्पताल पुर्याएको छ । उनको शरीरको आधा भाग जलिसकेको र उनको अवस्था गम्भीर रहेको स्रोतले जनाएको छ । यस विषयमा थप अनुसन्धान भैरहेको छ ।


समाचार
