रसुवा/ उत्तरगया गाउँपालिकाको आयोजनामा न्यायिक समितिका सदस्य, गाउँसभा सदस्य तथा मेलमिलापकर्ताहरू का लागि सञ्चालन गरिएको “कानुनी विषयक क्षमता अभिवृद्धि सम्बन्धी १ दिने पुनर्ताजगी कार्यक्रम”सम्पन्न भयाे ।

कार्यक्रममार्फत सहभागीहरूलाई स्थानीय सरकार सञ्चालन, न्यायिक प्रक्रिया, विवाद समाधान तथा मेलमिलापका कानुनी एवं व्यवहारिक पक्षहरूबारे जानकारी प्रदान गरिएको थियो। यस प्रकारका कार्यक्रमले स्थानीय तहमा न्याय सम्पादनलाई थप प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाउन महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ।
कार्यक्रममा सक्रिय सहभागिता जनाउनुहुने न्यायिक समितिका सदस्य, गाउँसभा सदस्य, मेलमिलापकर्ता सहभागी थिए ।

न्यायिक समितिबाट के-के गर्न सकिन्छ?,
जग्गाको साँध-सिमाना, आलीधुर, र कुलो-पानीको विवाद सुल्झाउन सकिन्छ।,
ज्याला-मजदुरी नपाएको, घरेलु विवाद न्याय पाउन सकिन्छ।
नेतृत्व: गाउँपालिका उपाध्यक्षले गर्ने हुनाले सिधै पहुँच पुर्याउन सकिन्छ।
वडाको मेलमिलाप केन्द्रबाट के गर्न सकिन्छ?
आफ्नै वडा कार्यालयमा गएर निवेदन दिन सकिन्छ।
तालिमप्राप्त स्थानीय मेलमिलापकर्ताहरूको सहयोगमा दुवै पक्षले जित्ने गरी (Win-Win) आपसी सहमतिमा विवाद टुङ्ग्याउन सकिन्छ।
यहाँबाट सेवा लिँदा के-के फाइदा पुग्छ?
खर्च बचाउन सकिन्छ: महँगो वकिल र कोर्ट फी तिर्नु पर्दैन, निःशुल्क जस्तै सेवा पाइन्छ।
समय बचाउन सकिन्छ: अदालतमा जस्तो वर्षौंसम्म तारिख धाइरहनु पर्दैन, केही दिनमै काम बन्छ।
सम्बन्ध जोगाउन सकिन्छ: रिसराग र दुश्मनी बढाउनुको सट्टा छिमेकीको सम्बन्धलाई पुन: सुमधुर बनाउन सकिन्छ लगायतका विषयमा सहजिकरण गरिएको गाउँपालिमा उपाध्यक्ष चमेली गुरुङले बताइन् ।



समाचार
