लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

नोबल स्कुल सत्तिका संस्थापक ठकुल्लाको निधन

एक तथ्य- टीकापुर घटनामा रामजनम चौधरी किन पक्राउ परेनन्?

टीकापुरमा नेपालकै पहिलो १०८ कुण्डीय विराट महायज्ञ हुँदै

टीकापुर / कैलालीको टीकापुरमा आगामी मंसिर १२ देखि २२ गतेसम्म नेपालकै पहिलो तथा सबैभन्दा ठूलो १०८ कुण्डीय गोपाल अष्टोत्तरशत विराट महायज्ञ आयोजना हुने भएको छ।

ईश्वर प्रेमी सेवा आश्रम, टीकापुर–कैलालीको आयोजनामा तथा श्री १००८ महामण्डलेश्वर स्वामी ईश्वर चैतन्य जी महाराजको संकल्पमा हुने महायज्ञलाई ऐतिहासिक धार्मिक आयोजनाका रूपमा हेरिएको छ। आयोजकका अनुसार देशभरका साथै भारतका केही स्थानबाट समेत हजारौं श्रद्धालु भक्तजनको सहभागिता रहने अपेक्षा गरिएको छ।

महायज्ञमा १०८ वटा हवन कुण्डमा एकैसाथ वैदिक विधिअनुसार हवन, गोपाल सहस्रनामबाट आहुति, चारै वेद र १८ पुराणको पारायण गरिनेछ। साथै, ज्वाला फैलेखको नाभिस्थानबाट पवित्र अग्नि ल्याइने विशेष कार्यक्रमसमेत समावेश गरिएको छ।

महायज्ञ अवधिभर धार्मिक प्रवचन, भजन–कीर्तन तथा विभिन्न आध्यात्मिक कार्यक्रम सञ्चालन गरिने आयोजकले जनाएको छ। धर्म संरक्षण, अर्थ समृद्धि, कामना सिद्धि र पितृ उद्धारका साथै सनातन वैदिक संस्कृतिको संरक्षण र धार्मिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास गरिएको छ।

आयोजकका अनुसार १०८ हवन कुण्डमा एकसाथ वैदिक अनुष्ठान सञ्चालन हुने भएकाले यो महायज्ञ नेपालकै धार्मिक इतिहासमा एक विशेष तथा स्मरणीय आयोजनाका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ। सम्पूर्ण तयारी तीव्र रूपमा अघि बढिरहेको र श्रद्धालु भक्तजनलाई सहभागी हुन आग्रह गरिएको छ।


प्रकाशित : २०८३ श्रावण ७ बिहीबार प्रकाशित

ताजा समाचार
  • Ad
    Advertisement