लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

नोबल स्कुल सत्तिका संस्थापक ठकुल्लाको निधन

एक तथ्य- टीकापुर घटनामा रामजनम चौधरी किन पक्राउ परेनन्?

टोल विकास संस्थाहरुलाई निर्माण उपभोक्ता समितिको कामको जिम्मा

टीकापुर नगरपालिकामा गठन भएका टोल विकास संस्थाहरूले अहिले पूर्वाधार विकासका काममा सक्रिय भूमिका निर्वाह गर्न थालेका छन्।

चालु आर्थिक वर्षमा १९ वटा टोल विकास संस्थाले निर्माण उपभोक्ता समितिको जिम्मेवारी सम्हाल्दै सडक ग्राभेल,माटो पटानीजस्ता काम अघि बढाएका छन्। स्थानीय नागरिकलाई विकास प्रक्रियामा प्रत्यक्ष सहभागी गराउने उद्देश्यले नगरपालिकाले हरेक टोलमा संस्था गठन गरी दर्ता गर्ने र विकास निर्माणमा उनीहरूको सहभागिता बढाउने नीति अपनाएको हो।

विगतमा उपभोक्ता समितिमार्फत गरिएका कामको दिगोपनामा समस्या देखिएपछि टोल विकास संस्थालाई जिम्मा दिन थालिएको टीकापुर वडा नं. १ का सबइन्जिनियर गम्भीरसिंह साउँदले बताए। उनका अनुसार टोलकै नागरिकले काम गर्ने र निगरानी गर्ने हुँदा विकास कार्य गुणस्तरीय बन्ने गरेको छ।

नगरपालिकाले कार्यविधि बनाएर जुन टोलमा योजना सञ्चालन हुन्छ, त्यहीँको संस्थालाई जिम्मा दिने व्यवस्था लागू गरेको छ।

नगरपालिकामा हाल २६२ टोल विकास संस्था गठन भएका छन्, जसमध्ये २०९ दर्ता भइसकेका छन् भने बाँकी दर्ता प्रक्रियामा छन्। यी संस्थामार्फत १२ हजारभन्दा बढी घरधुरी समेटिएका छन्। टोल विकास संस्थाले नियमित बैठकमार्फत समस्या पहिचान, योजना निर्माण र कार्यान्वयनमा सहभागिता जनाउँदै आएका छन्। साथै, ११४ संस्थाले बैंक खाता सञ्चालन गर्दै आर्थिक कारोबारसमेत गरिरहेका छन्।

टोल विकास संस्थाले आर्थिक सशक्तीकरण, सामाजिक सहभागिता र सुशासन प्रवर्द्धनमा महत्वपूर्ण योगदान दिएका छन्। तीन वर्षमा ९५६ योजना निर्माण गरी ७७२ योजना कार्यान्वयन भइसकेका छन् भने श्रमदानमार्फत ठूलो लागतका विकास कार्य सम्पन्न भएका छन्। साथै, सरसफाइ, वृक्षरोपण, बाटो संरक्षण तथा आयआर्जनका गतिविधिमा पनि संस्थाहरूको सक्रियता बढ्दै गएको छ।


प्रकाशित : २०८३ बैशाख ३ बिहीबार प्रकाशित

ताजा समाचार
  • Ad
    Advertisement