लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

नोबल स्कुल सत्तिका संस्थापक ठकुल्लाको निधन

एक तथ्य- टीकापुर घटनामा रामजनम चौधरी किन पक्राउ परेनन्?

दोस्रो लाङ्टाङ ट्रेल रनको प्रथम पुरस्कार मिलन र अञ्जलीलाई

रसुवा/रसुवा–नुवाकोट पर्यटन समाजको आयोजनामा शनिबार सम्पन्न दोस्रो लाङ्टाङ ट्रेल रनः पुरुषतर्फ सोलुखुम्बुका मिलन र महिलातर्फ काठमाडौंकी अञ्जली प्रथम भएका छन् ।

’दोस्रो लाङ्टाङ ट्रेल रन’ अन्तर्गत लाङ्टाङको क्याङजिनबाट सुरु भएको ३२ किलोमिटर दूरीको उक्त दौड प्रतियोगितामा २ घण्टा १६ मिनेट ४३ सेकेन्ड दूरी पूरा गरी सोलुखुम्बु महाकुलुङ गाउँपालिका–४ का मिलन कुलुङ राई प्रथम भएका छन्। २ घण्टा १८ मिनेट ४७ सेकेन्ड दूरी पूरा गरी जुम्ला जिल्ला कनसुन्दरी गाउँपालिका–१ का धीरबहादुर बुढा दोस्रो भएका छन् । तेस्रो हुनेमा पाँचथर जिल्ला फिदिम नगरपालिका–१४ का विसाल राईले उक्त दूरी २ घण्टा २० मिनेट २ सेकेन्डमा पार गर्दै तेस्रो स्थान हासिल गरेका छन् ।

गोसाइकुण्ड गाउँपालिका– ४ लाङटाङ स्थित क्यान्जिँ हिम उपत्यकाबाट सुरु भएर स्याफ्रुबेसी अन्त भएको ट्रेलमा महिलातर्फ ४ घण्टा ४५ मिनेट ३ सेकेन्डमा काठमाडौँ दक्षिणकाली नगरपालिका–९की अञ्जली गुरुङ प्रथम भएकी छन् । नुवाकोट जिल्ला शिवपुरी गाउँपालिका–७ की सुरक्षा तामाङ ४ घण्टा ५९ मिनेट ५३ सेकेन्डमा दूरी पूरा गर्दै दोस्रो भएकी छन् ।

अष्ट्रियाकी अन्ना लेनाले ५ घण्टा ९ मिनेट १४ सेकेन्डमा दूरी पूरा गर्दै तेस्रो स्थान हासिल गरेकी छन् । ट्रेल रनमा विजेता धावकहरू महिला तथा पुरुष दुवैतर्फ क्रमशः प्रथम, दोस्रो र तेस्रो हुनेले १ लाख, ७५ हजार र ५० हजार नगद सहित प्रमाणपत्र र ट्रफी प्राप्त गर्न सफल भएका छन् ।

चौथो र पाँचौँ हुने खेलाडीलाई दुवैतर्फ सान्त्वना स्वरूप क्रमशः नगद २५ हजार र १५ हजार रुपैयाँ, प्रमाणपत्र र ट्रफी प्रदान गरिएको छ ।
खेलकुदमार्फत जिल्लाको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले दोस्रो ’लाङ्टाङ ट्रेल रन’ प्रतियोगिताको आयोजना गरिएको रसुवा–नुवाकोट पर्यटन समाजका अध्यक्ष बलराम न्यौपानेले बताए ।

बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले हेलिकप्टरबाट क्याङजिन पुगेर ’लाङ्टाङ ट्रेल रन’ प्रतियोगिताको उद्घाटन गरेका हुन् । ट्रेल रनका लागि विदेशी सहित १०० भन्दा बढी धावकहरू भागलिएकाे सहभागी पर्यटव व्यवसायी गगन न्यौपानेले बताए ।
पर्यटकीय क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटन प्रर्वद्धन गर्न तथा खेल गतिबिधि बढाउन यस्तो अभियानले राम्रो भूमिका खेल्ने पर्यटन व्यवसायी तथा स्थानीय सुप्पा लामाले बताए ।


प्रकाशित : २०८३ जेष्ठ २४ आईतवार प्रकाशित

ताजा समाचार
  • Ad
    Advertisement