लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

भन्सार पुग्न नपाउँदै सामान नियन्त्रणमा लिनु गैरकानुनी : सत्ति भन्सार कार्यालय प्रमुख साेनि

खक्राैला / खक्राैला स्थित सशस्त्र प्रहरीले सामान भन्सार कार्यालय नपुग्दै आफ्‌नो नियन्त्रणमा लिने र जिएसटि विल र भारतीय भन्सार बनाएको कागजात हुँदाहुँदै पनि व्यापारी र नागरिकलाई अनावश्यक हैरानी दिने शैली पुरानै हो ।

यो शैली मंगलबार साँझ पनि दाेहाेरिएकाे छ । सत्ती भन्सार कार्यालय बाट करिब एक किलोमिटर दक्षिणतर्फ रहेको सशस्त्रको गुल्मले जिएसटि विल र भारतीय कस्टम भएको सामान पनि सामान नियन्त्रण लिएर दुःख दिएकाे छ ।

साे सामानको व्यापारी रसिद अलीले बिल देखाउँदा पनि सशस्त्र प्रहरी नायब उपरिक्षक प्रदिप पौडेलले सामान नियन्त्रण लिएको आराेप छ । डिएसपी पाैडेलकाे भन्सार नपुग्दै सामान नियन्त्रणमा लिने काम सरासर गैरकानुनी भएको सत्ति भन्सार कार्यालयका निमित्त प्रमुख चक्र बहादुर साेनिले बताए ।

उनले गुल्मपति पौडेलले भन्सार कार्यालयसँग कुनै समन्वय नगर्ने उल्टै म ठूलो हुँ मैले सबै कानुन जानेको छु तपाईंले मलाई सिकाउनु पर्दैन भनेर भन्ने गरेको बताए । गैरकानूनी सामान भित्रिएको पाइएमा भने सशस्त्रले जुनसुकै ठाउँबाट सामान नियन्त्रणमा लिन सक्ने बताए । ‘भन्सार नतिरेको सामान नियन्त्रणमा लिने हो’ निमित्त प्रमुख सोनीले भने ।

‘भन्सार नतिरेर र भन्सार छलिका सामान नियन्त्रणमा लिने जायज हो’ तर यहाँ त नियतवस व्यापारी र सर्वसाधारणलाई दुख दिने गरेको छ ।उद्योग वाणिज्य संघ टिकापुरका सदस्य तथा व्यापारी सर्पराज साउँदले भने । सशस्त्र प्रहरी नायब उपरिक्षक पौडेलले जफत गरेको सबै सामान भन्सार नबुझाउने गरेको व्यापारीहरुकाे भनाइ छ ।

पाैडेलले खानेतेल,दाल ,माेवाइल भारतीय व्यापारी बाट मगाउने गरेको एक भारतीय व्यापारीले सुदुर सन्दर्भलाई बताए । उनका अनुसार तिकुनियाँ स्थित एक ठूला व्यापारी बाट मासिकरुपमा रकम असुल्ने दावि रहेको छ ।


प्रकाशित : २०८२ चैत्र ४ बुधबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप