खक्राैला / कैलालीको टिकापुर ९ खक्राैला स्थित सशस्त्र प्रहरीकाे गुल्ममा छिरेर कार्यालय प्रमुख माथि हातपात हुँदासमेत नियन्त्रणमा कमजोरी भएको भन्दै ३१ जनालाई जिल्ला तानिएको बताइएको छ ।
खक्रौला भन्सार नजिकै रहेको सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्मका डिएसपी प्रदिप पाैडेलले नागरिक र व्यापारीलाई अनावश्यक सास्ती दिने गरेको भन्दै आक्राेसित युवाको जमात बुधबार गुल्म भित्र पसेको थियोे । साे युवाको समुहले सशस्त्र प्रहरी नायब उपरीक्षक प्रदीप पौडेलमाथि हातपात गरेकाे बताइएको छ ।

डीएसपी पौडेलले ज्यादती गरेको आरोप लगाउँदै गुल्ममै छिरेर त्यहाँका व्यापारी र सर्वसाधारणले हातपात गरेको बताइएको छ भने डिएसपी पाैडेल माथि भएको हातपात र सुरक्षा कमजोरीकाे घटनाकाे छानबिन गर्न समिति पनि बनाइएको बताइएको छ ।
घटनापछि गुल्ममा कार्यरत डीएसपी पौडेल बाहेक सिंगो टोलीलाई जिल्ला तान्ने निर्णय भएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वाटर कैलालीले डीएसपी पालबाहेक ३१ जना सशस्त्र प्रहरीको टोली नयाँ पठाउन लागिएको जनाए ।











समाचार 