लोकप्रिय खबर

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

डल्फिन क्षेत्रमा निर्वाध माछा मार्दा संरक्षणकर्मि चिन्तित

भिम वि.क. बैदी / टीकापुर – ७ को पथरैया, मोहना र कांडा नदीको संगम स्थलमा माछा मार्दा सरक्षणकर्मि चिन्तित भएका छन् । वर्षाको समयमा विश्व मै लोपोन्मुख अवस्थामा रहेको संरक्षित प्राणी डल्फिन पाइने क्षेत्रमा दैनिकजसो एक दर्जनवेशी मछ्वाराले माछा मार्ने भएकोले डल्फिनको आहारमा असर पर्ने भएकोभन्दै संरक्षणकर्मि चिन्तित भएका छन् ।

प्रतिपुर, खैरा, गोराचौराहा, धुसी लगायतका विभिन्न गाउँ बाट सो क्षेत्रमा माछा मार्न आउने गरेको स्थानियको भनाई रहेको छ । ‘यहाँ विभिन्न क्षेत्रका मानिसहरु जाल ,बल्छी लिएर माछा मार्न आउँछन डल्फिन क्षेत्र भएकोले माछा मार्न निषेधित गरिएको छ भन्दा उल्टै मछवाराहरुले झगडा गर्छन्’डल्फिन संरक्षणमा क्रियाशिल रहेका स्थानिय नरेन्द्र रेग्मीले भने । ‘हामीले माछा नमार भन्दा मान्दैनन् यहाँ नगरप्रहरी या कालाकुण्डा स्थित प्रहरीले गस्ति बढाउनु पर्ने आवश्यक रहेको रेग्मीले बताए ।

सो क्षेत्रमा दैनिक जसो १४/१५ जना मानिस माछा मार्नका लागी आउने गरेको स्थानिय प्रकाश ढुंगानाले बताए । गतवर्ष सम्म नगर प्रहरी आएर यी नदीमा माछा मार्नेलाई सम्झाइ बुझाइ पठाउने गर्ने गरेका तर यसवर्ष भने नदेखिएको उनले दावी गरे ।
‘नदीमा विष हाल्ने, महाजाल हाल्ने ,रासायनिक विषादी हाल्ने, अन्धाधुन्ध तरिकाले माछा मार्ने काम नकारात्मक काम भएको संरक्षणकर्मी विजयराज श्रेष्ठले बताए । यसका लागी टीकापुर नगरपालिकाले डल्फिन जोगाउन तथा नदी तटिय क्षेत्रका समुदाय संग सहकार्य गरि जलचर ऐन बनाएर कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।
मानिस पछिको चेतनशिल प्राणीकोरुपमा रहेको डल्फिनले भारतको घाघरा नदिबाट नेपालका नदिहरुमा वर्षायाममा बच्चा हुर्काउन आउने गर्छन । यहाँ गंगेटिक प्रजातिका डल्फिन आउने गरेका छन् । यी जातिका डल्फिन नेपाल,भारत,पाकिस्तान र बंगलादेशका नदिमा पाइन्छन् । यसको मुख्य आहारा माछा,घोंघि हुन भने डल्फिन स्तनधारी प्राणी हो ।


प्रकाशित : २०७८ आश्विन १३ बुधबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप