लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

नोबल स्कुल सत्तिका संस्थापक ठकुल्लाको निधन

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

September 2021
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930  

सत्ति / टीकापुर ७ सत्ति स्थित भानु सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रका अध्यक्ष तथा नेपाली कांग्रेसका टीकापुर नगर सह– सभापति देवेन्द्र प्रसाद जैशीको शुक्रबार कर्णाली नदीमा हिन्दु परम्परा अनुसार अन्त्येष्टि गरिएको छ ।

जैशीको राजनैतिक तथा सामाजिक जिवनको चर्चा गरिएको थियो । उनको दाहसंस्कारमा पुर्व उर्जा राज्यमन्त्री चन्द्रसिंह भट्टराई, नेपाली कांग्रेसकी केन्द्रीय सदस्य ईश्वरी न्यौपाने, सुदूर पश्चिम प्रदेश संस्दीय दलका नेता रणबहादुर रावल ,पुर्व सांसद गंगा बहादुर कुँवर, कांग्रेस नेता फकिरसिह कडायत, जंग बहादुर साउँद , भुवनेश्वर अधिकारी लगायत सयौं नेता तथा कार्यकर्ता र हजारौंको संस्थामा सर्वसाधारण सहभागी रहेका थिए ।

वि.ंसं. २०३० जेठ १५मा अछाममा जन्मिएका ४८ वर्र्षीय जैशी कलेजो सम्बन्धिको रोगबाट पिडित रहेका थिए । २०३० जेठ १५मा अछाममा जन्मिएका जैशीले नेपाली कांग्रेसको राजनिति संगै सामाजिक संघसंस्थामा नेतृत्वदायी भुमिका निर्वाह गरेका थिए ।

स्व. जैशी सत्ती कर्णाली सामुदायिक वनको कोषाध्यक्ष, सामुदायिक रेडियोको सञ्चालक सदस्य,रेडक्रस नारायणपुर उपशाखाको सभापति, सामुदायिक सहकारी सत्ति, सामुदायिक मेलमिलाप केन्द्र लगायतका विभिन्न संस्थामा रहेर सामाजिक काम गरेका थिए । काँग्रेसको राजनीतिमा सक्रीय रहेका जैशी नेपाली काँग्रेसको तत्कालिन नारायणपुर गाउँ कार्यसमिति सभापति र हाल टीकापुर नगर कार्यसमितिको सह सभापति रहेका थिए । जैशीका २ छोरा १ छोरी छन् ।

स्व.जैशीको असामयिक निधनले यहाँको राजनैतिक , सामाजिक क्षेत्रमा अपुरणिय क्षति भएको नेपाली कांग्रेसका नेता हरिकुमार कार्किले चिन्ता व्यक्त गरे ।


प्रकाशित : २०७८ आश्विन ८ शुक्रबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप