लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

नोबल स्कुल सत्तिका संस्थापक ठकुल्लाको निधन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

भजनि / बाल कल्याण संघ टिकापुरको आयोजनामा वर्ल्ड भिजन इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा नारी परियोजना अन्तर्गत घोडाघोडी र भजनी नगरपालिकाका स्वास्थ चौकीका कार्यरत अ.न.मि. तथा स्वास्थ प्रमुखसंग एकदिने कोभिड-१९ र प्रजनन स्वास्थका सम्बन्धी संवाद कार्येक्रम बिहीबार भजनीमा सम्पन्न भएको छ । 
साे कार्यक्रममा २३ जना सहभागीता रहेको थियो।
कार्यक्रमका स्थानीय , प्रादेशिक र संघीय सरकार का स्वास्थ्य सरोकारवाला बिच कोभिड-१९ र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धि छलफल, सिकाई, अनुभव आदानप्रदान गरि समिक्षा गर्ने रहेको थियो । उक्त गोष्टी संचालन मिल अफिसर मिठु हुड्केले गरेका थिए । भने कार्यक्रम प्रस्तुत नारी परियोजनाका कार्यक्रम संयोजक केशवराज जोशीले गरेका थिए । कार्यक्रममा स्वास्थ्य शाखाबाट कोभिड १९ को दौरानमा भएका सिकाइ तथा चुनौतीका बारेमा छलफल गरिनुका साथै प्रजजन स्वास्थ्य सम्बन्धी आएका समस्या तथा उपलब्धिको वारेमा पनि छलफल गरिएको थियो । विपन्न गर्भवती महिलालाई घर देखि स्वास्थ्य संस्थासम्म लैजान यातायातको व्यवस्था भएको भए अत्यन्त राम्रो हुने कुरा भजनी नगरपालिका स्वाथ्य इन्चार्ज लक्ष्मी चौधरीले बताइन् ।


प्रकाशित : २०७९ बैशाख ९ शुक्रबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप