लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

नोबल स्कुल सत्तिका संस्थापक ठकुल्लाको निधन

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

October 2022
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  

सत्ति / टीकापुर नगरपालिका–८ बनगाउँस्थित जितु कटेजमा जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ परेका छन ।

इलाका प्रहरी कार्यालय टिकापुरमा कार्यरत एक प्रहरी अधिकारीका अनुसार पक्राउपर्नेमा महेन्द्र साउँद उदय शाहि, ज्ञानेन्द्र नायक ,कमल चाैधरि, वीर बहादुर बाेहरा,लगायत १२ जना रहेका छन । जुवा खेल्ने १२ जनालाई आवश्यक कार्वाहीका लागि धनगढी चलान गरिएको टिकापुर प्रहरीले जानकारी दिएको छ ।
लामो समय देखि हाेटलमा रातिको समयमा खुलेआम चार ,पाँच टाेलिलाई जुवा खेलाउने गरेता पनि स्थानीय प्रहरीले चासो नदिनुलाई स्थानीय वासिन्दाले जुवातास खेलाउनमा अदृश्य मिलेमतो भएको हुनसक्ने बताएको टिकापुर ८ सुर्यपुरका एक स्थानीयले बताए । ईलाका प्रहरी
टिकापुरका प्रमुख डिएसपी हेमबहादुर शाहीको कमान्डमा खटिएको टोलीले उनीहरुलाई गएराति जुवाखाल बाट पक्राउ गरेको हो ।
जितु कटेजमा रातिको समयमा गेट बन्द गरेर जुवातास खेलाउने गरेको स्थानीयकाे भनाइ रहेको छ । ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख २९ हजार ४ सय रुपैयाँ र २ गड्डी तास सहित फेला पारी पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । भने कटेज संचालक जितराम चाैधरि फरार रहेको टिकापुर प्रहरीले सुदुर सन्दर्भ अनलाइनलाई जानकारी दिएको छ ।
प्रहरीले संचालक चाैधरिकाे खाेजि कार्य व्यापकरुपमा गरेको बताइएको छ ।
कटेजका संचालक चाैधरिले एकैरातमा जुवा खेलाए बापत ६० हजार रुपैयाँ सम्म असुली गर्ने गरेको एक भुक्तभोगीले बताए । केही वर्ष अघि सम्म टिकापुरकाे एक शिविरमा छाप्राेमा बसेर नास्ता पसलबाट गुजारा गर्ने चाैधरिकाे होटलकाे काराेबार बाट आर्थिक हैसियत माथि बढेपछि अहमता बढेको प्रष्ट देखिथ्याे एक स्थानीयले बताए । व्यवसायमा जमेका चाैधरि व्यापार संगै राजनीतिक दलको आडमा उनलेे गैरकानुनी काम गरेको एक स्थानीयले आराेप लगाए ।
चाडपर्वकाे समयमा हुने जुवातास नियन्त्रणका लागि अन्यत्र पनि प्रहरीले गस्ती बढाउनुपर्ने स्थानियकाे भनाइ छ ।


प्रकाशित : २०७९ कार्तिक ४ शुक्रबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप