लोकप्रिय खबर

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

टिकापुरमा एकैदिन ७४ जनाले गरे एमाले प्रवेश

मञ्जु वि. क. ,बटनपुर

टीकापुर ८ कालीमाटीमा सनिश्चवार एकै गाउँका ७४ जनाले एमाले प्रवेश गरेकाछ्न।
टीकापुर ८ वडा कमिटीको आयोजनामा सम्पन्न भएको प्रवेश कार्यक्रममा कालीमाटी गाउँका ७४ जनाले एमाले प्रवेश गरेका हुन।

प्रवेश कार्यक्रम पुर्ब पार्टीका युवाहरुले स्वस्फूर्त मोटरसाइकल र्याली गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि एमाले कैलालीको जिल्लाकमिटी अध्यक्ष रतन थापा तथा बिशिस्ट अतिथि जिल्ला सचीव दान बहादुर विकको उपस्तिथि रहेको थियो । नवप्रवेशीलाइ उहाँ टीका लगाएर जनताको हकहितका पक्षमा काम गर्नुपर्ने भन्दै स्वागत गरिएको थियो ।

अतिथिमा पार्टी प्रदेशकमिटी सदस्य मीन बहादुर कडायत,राम कृष्ण चौधरी , रेवन्त साउद ,जिल्ला कमिटी सदस्य प्रेम साउद ,ध्रुब परियार ,टीकापुर नगर अध्यक्ष धुर्ब खत्री ,उपाध्यक्ष कृष्णा चौधरी ,नगर सुकुम्बासीका अध्यक्ष लोकेन्द्र खड्का , राष्ट्रिय युवा संघ केन्द्रिय सदस्य तथा वडा कमिटी १ का अध्यक्ष भुपेन्द्र साउद लगायत नेता कार्यकर्ताको बाक्लो उपस्थित रहेको थियो कार्यक्रम लाई सम्बोधन गर्दै प्रमुख अतिथि रतन थापाले बाढीले क्षति पुगाएका किसानलाइ समयमा क्षेती पुर्ती नमिल्नु सरकारको कमजोरी रहेको बताए । बिशिस्ट अतिथि दानबहादुर बिकले अब नेकपा एमालेको लहरलाई कसैले चुनौती दिन नसक्ने यसरी देश भरी प्रवेशको लहर चलिरहने निर्वाचनमा परिणाम देखिने गरि एमाले अधि बढेको बताए ।

टीकापुर ८का नेकपा एमाले वडाकमिटी अध्यक्ष हिरासिह टमट्टाको अध्यक्षतामा भएको प्रवेश कार्यक्रमलाई संचालन बिरबहादुर साउदले गरेका थिए ।

हालै चितवनमा सम्पन्न नेकपा एमालेको दशौ महाअधिवेशन पछि आफुहरु पार्टी प्रति आकर्षण भएर पार्टी प्रवेश गर्ने निर्णय गरेको नव प्रवेसी हरुकाे भनाइ थियो ।


प्रकाशित : २०७८ मंसिर २६ आईतवार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप