लोकप्रिय खबर

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

प्रहरी चौकी कालाकुण्डामा नयाँ ईन्चार्ज : लागूऔषध नियन्त्रण मेरो पहिलो प्राथमिकता हुनेछ: सइ चन्द

बैदी ÷ टीकापुर ७ बैदी स्थित प्रहरी चौकी कालाकुण्डामा नयाँ ईन्चार्जकारुपमा प्रहरी सहायक निरिक्षक लोकेन्द्र बहादुर चन्द आएका छन् । जिल्ला प्रहरी कार्यालय धनगढी बाट सरुवा भै शनिबार कालाकुण्डा आएका प्रहरी सहायक निरिक्षक चन्दले आफु सिमानाका भनेर रुपैयाँ कमाउन आएको भन्दा संगठनले विस्वास गरेर दिएको जिम्मेवारी पुरा गर्न आएको बताए ।
स्थानिय नागरिक अगुवाहरुको आयोजनामा आयोजित स्वागत तथा विदाई कार्यक्रममा उनले सो कुरा बताएका हुन ।
कालाकुण्डा प्रहरीले सबैभन्दा पहिले लागुऔषध सेवन तथा कारोबारमा संलग्न व्यक्तिहरुलाई निगरानी गर्दै नियण्त्रण तथा कानुन बमोजिम कार्वाहीका लागी सिफारिस गरिने उनले बताए । तर यस्का लागी स्थानिय नागरिकको साथ सहयोग अपरिहार्य भएको उनले दोहोर्याए ।
आफ्नो क्षेत्रमा लागुऔषधको कारोबार तथा सेवन भैरहेको भए चौविसै घण्टा आफुलाई सुचना दिए तत्काल आफु स्पटमा पुग्ने उनले बताए । जनता बर्दि विनाको प्रहरी भएकोले घरेलु हिंसा, लागुऔषधको कारोबारको गोप्य सुचना दिएर जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुपर्नेमा जोड दिए । यस अघि प्रहरी चौकी सत्तिमा ईन्चार्ज रहेको समयमा लागुऔषध प्रयोगकर्ता र कारोबारीलाई समात्न सफल भएको भन्दै जिल्ल प्रहरी कार्यालय कैलालीले साउन महिनाको उत्कृष्ट प्रहरी पुरस्कार समेत सई चन्दलाई प्रदान गरेका थियो ।
कार्यक्रममा स्थानिय अगुवा, बडघर लगायतको सहभागिता रहेका सथयो भने विदाई भएका सई राजेन्द्र कार्की र नव आगन्तुक सई लोकेन्द्र बहादुर चन्दलाई सम्मान गरेका थिए ।


प्रकाशित : २०७८ पुष ३ शनिबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप