लोकप्रिय खबर

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

अर्जुन हत्या प्रकरणः ५ जनाको नाममा किटानी

 

सत्ति /  कैलालीमा हत्या गरिएका अर्जुन दासका परिवारले ५ जनाको नाममा किटानी जाहेरी दर्ता गराएका छन् ।

मृतक दासका परिवारले ५ जनाका नाममा इलाका प्रहरी कार्यालय टीकापुरमा किटानी जाहेरी दर्ता गरेको र उनीहरूलाई पक्राउ अनुमतिका लागि जिल्ला अदालत पठाइएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।

किटानी जाहेरी दर्ता भएपछि शव पोष्टमार्टमको प्रक्रिया पनि अघि बढेको इलाका प्रहरी कार्यालय टीकापुरका निमित्त प्रमुख इन्सपेक्टर लालबहादुर ऐरले बताए ।
मृतक दासका परिवार तथा आफन्तले हत्यामा संलग्नलाई पक्राउ गरी कारबाहीको माग गर्दै मंगलबार इलाका प्रहरी कार्यालय अगाडि शान्तिपूर्ण रूपमा प्रदर्शन समेत गरेका थिए ।

प्रदर्शनपछि उनीहरूले इलाका प्रहरी कार्यालय टीकापुर घेराउ गर्ने, वडा कार्यालयमा तालावन्दि गर्ने, लम्कीमा चक्का जाम गर्ने लगायतका कार्यक्रम घोषणा गरेका छन् ।
गएको शनिवार जानकी ९ का २५ वर्षीय दासको अमरावती सामुदायिक वनमा घाँटी रेटी हत्या गरिएको अवस्थामा शव फेला परेको थियो ।


प्रकाशित : २०७८ पुष ८ बिहीबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप