कैलालीको पुर्वी क्षेत्रमा केही महिनायता अपराधीक गतिविधि बढ्दै गरेको छ ।
घर बाट बाेलाएर एकान्तमा लिएर नृशंस हत्या समेत भएको छ ।
जानकि गाउँपालिका ९ स्थित अमरावती सामुदायिक वनको जंगलमा घाँटी रेटेर अर्जुन दासको हत्या गरियो । हत्याराकाे अहिलेसम्म प्रहरीले विवरण सार्वजनिक गरेको छैन । अर्जुनकाे न्यायका लागि संघर्ष समिति बनाइएको छ । हत्या गरिएका अर्जुन दासका हत्यारा अहिले सम्म कानुनी कट्घरामा नभएको भन्दै दबाव दिनका लागि संघर्ष समिति बनाइएकाे छ ।
वास्तवमा अहिले पुर्वि कैलाली सामान्य कुरामा मान्छे मार्ने ठाउँ भनेर बाहिरका मान्छेले भन्ने गरेका छन् । सामान्य कुरामा विमति हुने बित्तिकै ज्यानै लिने अपराधीलाई छिटोभन्दा छिटो कानुनकाे कठघरामा उभ्याउन प्रहरीले अझै तदारुकता देखाउनुपर्छ । केही हप्ता अघि टिकापुरमा भुपेन्द्र बडुवालकाे हत्या भए पछि यहाँका स्थापित ,दिग्गज र बाैद्दिक तप्काका नागरिक अगुवाले डिएसपी शिव बहादुर सिंहलाई सम्झेका थिए ।
कुनै समय लागू अाैषधकाे चक्रमा पिल्छिएको टिकापुरलाई उनकाे सक्रियतामा धेरै हदसम्म न्युनिकरण भएकोले उनको स्मरण गरिएको हो ।
उनलेे सिमानाकामा अाफ्ना स्टाफ , सिमाका सुरक्षा युनिटलाई पुरा सक्रिय बनाएर लागुअाैषध नियन्त्रणका लागि गरेको याेगदान स्वरुप यहाँको नागरिकले उनलाई सम्झेका हुन ।
तर पछिल्लो पटक प्रहरीले जाँगर मारेको जस्तो देखिन्छ । तथ्यांक मात्रै हेर्ने हो भने पनि यस्मा कुनै सिन्काे भाँचिएको देखिँदैन ।
सिमानामा बस्ने प्रहरीले नेपाल बाट भारत जाने पुराना फलाम र भारत बाट नेपाल अाउने अालु प्याज ल्याउने भारतीय बाट २०/२५ रुपैयाँको लाेभमा मात्रै पर्ने कि देश र जनताको सुरक्षाको लागि खाएको कसम पनि सम्झने हो । शंकास्पद व्यक्ति माथि निगरानीमा राखि कानुनी कार्वाहीकाे दायरामा पनि ल्याउनुपर्छ ।
विशेषगरी सत्ति प्रहरीले करिब साढे चार महिनाको अवधिमा लागुअाैधषकाे एउटा सिन्काे पनि नभाँचेकाे तथ्यांकले सिधै देखाएको छ ।
खुला नाकाको फाइदा उठाएर अहिले पनि सजिलोसँग लागुअाैषध खरिदबिक्री र सेवनकर्ता सक्रिय छन् । तर विडम्बनापूर्ण भन्नुपर्छ कि काेहि समातिएका भने छैनन् ।
पछिल्लो समयमा लागुअाैषध प्रयोगकर्ताले चिउँडाेमा मास्क लगाएको देखाएर त्यस भित्र ट्याव्लेट राखेर अाउने गरेको नयाँ तथ्य बाहिर अाएकाे देखिन्छ । केही दिन अघि मात्र टिकापुर ८ का एक युवालाई माेहना नदिमा खटिएको प्रहरीले चिउँडाेमा लगाएको मास्क बाट लागुअाैषध फेला पारेको देखिन्छ । केही समय अघि मात्रै ट्राफिक प्रहरीको कर्णाली नदिमा बिट उद्घाटनका क्रममा यहाँ पुगेका ईलाका प्रहरी कार्यालय टिकापुरमा प्रमुख डिएसपी प्रकाश सापकोटालाई केही स्थानीयले उनलाई हामीले लागुअाैषधका प्रयोग कर्ता र शंकास्पद काराेबारिकाे नाम समेत लेखेर दिँदा समेत प्रहरीले केही सक्रियता नदेखाएको भन्दै गुनासो समेत गरेका थिए ।
तसर्थ समाजमा घट्ने अपराधीक गतिविधिकाे कनेक्सन अधिकाँश लागू अाैषध संग जाेडिने भएकोले यसतर्फ टिकापुर प्रहरी सक्रिय हुन जरुरी छ ।