लोकप्रिय खबर

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

भानुको सामाजिक परिक्षण

सत्ति / भानु सामुदायिक पुस्तकालय सत्तिकाे सामाजिक परिक्षण शनिबार सम्पन्न भएको छ
पुस्तकालयका कार्यवाहक अध्यक्ष पशुपति कर्ण को सभापतित्वमा भएको कार्यक्रममा सामुदायिक सहकारी सत्तिका अध्यक्ष हरि कार्की प्रमुख अतिथी रहेका थिए ।         

प्रमुख अतिथी कार्किले लैङ्गिक विभेद समाज परिबर्तनको बाधक भएको बताए ।
कार्किले पुस्तकालयले रिड नेपाल सङ्गको साझेदारीमा सन्चालन गरेको ट्याग परियोजनाले किशोरीको क्षमता वृद्धि र आत्मबवस्वास बढेकाे आफुले पाएको बताए ।
व्यवसायी यज्ञ न्यौपानेले पुस्तकालय भन्नासाथ पहिले किताब मात्रै पढ्नेहो भन्ने मानसिकता थियो तर भानुपुस्तकालयले सामाजिक क्रियाकलापमा पनि अग्रणि भुमिका खेलेर समाज परिबर्तनमा योगदान दिएको बताए ।
सत्ती कर्णाली सामुदायिक वनका अध्यक्ष धनसिह साउदले आर्थिक पारदर्शिता हुनुपर्नेमा जोड दिए ।पुस्तकालयले संचालन गरेको तालिमलाइ ब्यवहारमा उतारेमा ट्यागको लक्ष्य सफल हुने बताए । सामाजिक रुपान्तरणमा पुस्तकालयको भुमिका अग्रणि रहेको र सामाजिक विभेद हटाउन पुस्तकालय सधै अघि बढ्नुपर्नेमा वक्ताहरुले जाेड दिएका थिए ।
ट्याग परियोजना काेर्डिनेटर भाग्यश्वरी बिष्टले परियोजना सफलतापुर्बक र संतोषजनक रुपमा अधिबढिरहेकाे र यो परियोजनाको सफलतामा भानु पुस्तकालयका पदाधिकारी र ट्याग गर्लको भुमिका रहेको बताइन् ।
ट्याग किशोरी भुमिका क्षेत्रीले हिंसा गर्दा प्रतिकार गर्ने परियोजना बाट सिकेको र हिंसा र बलात्कार को सिकार हुनबाट बच्न तालिमको समेत ब्यवस्था हुनुपर्नेमा जाेड दिइन् । सामाजिक लेखापरीक्षक एकेन्द्र तिमिल्सिनाले प्रतिवेदन प्रस्तुत गरेका थिए ।


प्रकाशित : २०७८ पुष ११ आईतवार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप