लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

जाडो बाट बच्न बालबालिकालाई स्वेटर

 

बाघमारा / मध्य पुस लाग्दै गर्दा चिसो बढ्दै गएको अवस्थामा टिकापुरमा चिसो बाट बचाउन न्यानो कपडा वितरण गरिएको छ ।
टिकापुर नगरपालिका वडा नम्बर ४ स्थित रहेको जनप्रकाश आधारभूत विद्यालय बाघमारामा अध्ययनरत विद्यार्थीलाई स्वेटर वितरण गरिएको हो ।
टिकापुर नगरपालिका वडा नम्बर ४ काे ७९ हजार रुपैयाँको आर्थिक सहयोगमा साे विद्यालयमा अध्ययनरत २ सय २० जना विद्यार्थीलाई स्वेटर वितरण गरिएको वडा अध्यक्ष लालविर चाैधरिले सुदुर सन्दर्भ अनलाइन लाई जानकारी दिए ।

“हामीले साे विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीलाई जाडो बाट बच्ने र विद्यालय पाेशाक सुहाउँदो रंगमा स्वेटर निशुल्करुपमा वितरण गरेका हाैं ” । वडा अध्यक्ष चाैधरिले भने ।
साे विद्यालयमा वडा कार्यालयले विद्यार्थीकाे संख्या बढाउन र स्तरीय शिक्षा बढाउने विविध कार्यक्रम गर्ने गरेको अभिभावककाे भनाइ रहेको छ ।
जाडो याममा न्यानो कपडा वितरण गरिनु सराहनीय काम भएको विद्यालयका शिक्षक रघु उपाध्यक्षले बताए ।


प्रकाशित : २०७८ पुष १३ मंगलवार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप