लोकप्रिय खबर

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

टिकापुर जेसिजकाे अध्यक्षमा टाेपप्रकाश वि. क.

सत्ति /
टीकापुर जेसीजको वर्ष २०२२ का लागि अध्यक्षमा टोप प्रकाश वि. क. निर्वाचित भएका छन । आज ( मंगलबार )भएको निर्वाचनमा अध्यक्ष पदका अर्का प्रत्यासि बलराम चौधरीलाई ४ मत अन्तरले पराजित गर्दै वि. क. निर्वाचित भएका हुन ।

निर्वाचनमा कुल ७० मत खसेको थियो । जसमा वि.क.ले ३७ मत र चौधरीले ३३ मत प्राप्त गरेको निर्वाचन समितिका संयोजक श्यामराज पाण्डेयले जानकारी दिए । १८ वर्ष देखि ४० वर्ष मुनिका युवा सदस्य रहने र १ वर्षको लागि १ व्यक्ति १ पदको अवधारणा जेसिजमा रहन्छ ।                          यसैगरी समितिको कार्यकारी उपाध्यक्षमा कृष्णा चौधरी र रुपकबहादुर बिष्ट निर्वाचित भएका छन । चौधरीले ५४ र बिष्टले ४६ मत प्राप्त भएका छन । कार्यकारी उपाध्यक्षका प्रतिस्पर्धी डिल्लीप्रसाद जैशीले ३४ मत प्राप्त गरेका छन ।
त्यस्तै समितिको उपाध्यक्षमा भुपेन्द्र खड्का, जीवन गौचन, पृथ्वी चपाई र प्रकाश खत्री निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

टीकापुर जेसीज वर्ष २०२२ का लागि निर्वाचित अध्यक्ष वि. क.लाई सुदुर सन्दर्भ अनलाइन परिवार हार्दिक बधाई सहित कार्य सफलताको कामना व्यक्त गर्दछ ।

 


प्रकाशित : २०७८ पुष १३ मंगलवार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप