लोकप्रिय खबर

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

ठूला र मधेशवादी दलबाट थारु समुदायको उत्थान नहुने देखेपछि रेशमले नयाँ पार्टी खोल्दै

 

विनय चाैधरि, काठमाडौं / नेपालका ठूला पार्टी एमाले र काँग्रेसले महाधिवेशन सम्पन्न गरिसकेका छन् भने आठौं माओवादी केन्द्रको अधिवेशन चलिरहेको छ । भने २०७२ को टीकापुर घटनामा जेल जीवन बिताइरहेका सांसद रेशम चौधरीले नयाँ पार्टी खोल्न थालेका छन् । चौधरीले पुष १९ गते काठमाण्डौंमा बृहत भेला गराएर पार्टी दर्ता गर्ने तयारीमा रहेका छन् ।

पार्टी घाेषणाका लागि कैलालीकाे भजनि,टिकापुर र जानकि बाट तिन वटा बस तयार भैसकेको छ भने जानकि बाट पनि राजधानी जान थालेको बुझिएको छ । ‘‘थारु हकका लागि पुष १९ गते रेशम चौधरीको अध्यक्षतामा नयाँ पार्टी खुल्दै छ ,’’ अभियानका सदस्य तथा भजनि नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष विक्रम चौधरीले भने, उनले पार्टीको नाम नागरिक समाजवादी रहने बताए ।‘‘पार्टीको मुख्य लक्ष्य नेपालमा सांस्कृतिक क्रान्ती गर्नु हो,’’ चौधरीले भने ।
थारु समुदायका युवाहरुले ठूला र मधेशवादी दलबाट आशा गर्ने ठाउँ छैन भन्न थालेका छन् । ठूला दलमा कैलालीको टीकापुर लगायत अन्य क्षेत्रमा केही निश्चित व्यक्तिले लाभ लिदै आएको भएपनि थारु र उत्पिडित समुदायले केही नपाएको गुनासो युवाहरुले गर्न थालेकाे उक्त दलमा आवद्ध कार्यकर्ताकाे भनाइ रहेको छ ।
उनीहरुले साधन स्रोत देखि अवसर केही निश्चित व्यक्ति र समुदायको हातमा गएको देख्दा पछि पारिएको वर्ग ,समुदाय र थारु समुदायको उत्थानका लागि आफ्नोतर्फबाट आफै नेतृत्वमा पुग्नुपर्ने बुझाइ रहेको छ । थारु समुदायकाे भाेट लिएर थारु तथा गैर थारु नेताहरुले जिम्मेवारी बिर्सेकाले रेशमको पार्टीमा विभिन्न पार्टीमा आवद्ध थारु युवा आकर्षित हुने लहर चलेको टिकापुर ७ का एक युवाले बताए ।
यहाँका जनप्रतिनीधिहरु अहिले विभिन्न पार्टीमा देखिएपनि चुनावमा उनीहरु रेशमले खोलेको पार्टीमा लाग्ने उनको भनाइ छ । थारु युवाहरु रेशमले खाेलेका दलमा जोडिने निश्चित छ उनको दावी रहेको छ ।
कतिपयले जनप्रतिनिधिले थारुका नाममा केही नेताहरु थारुको भावनालाई क्यास गरेर जनप्रतिनीधि हुने सपना देखिरहेको मुलधारकाे राजनीति गरिरहेका एक नेताले बताए । साे कार्यक्रममा जानकि,भजनि,टिकापुर, लम्कि र जाेशिपुरका वडा अध्यक्ष पनि सहभागी हुने बताइएको छ ।

‘‘टीकापुरको घटनाका बारेमा ठूला र मधेशवादी दलले वास्ता नगरेपछि जेल जीवन बिताउन बाध्य भएका माननीय रेशम चौधरी दल दर्ता तर्फ अग्रसर हुनुपरेको हो भजनि ३ का वडा अध्यक्ष विक्रम चाैधरिले बताए ।

‘‘टीकापुरको घटनामा पीडित थारु , शोषण र उत्पीडनमा रहेका दलित र अन्य समुदायका नागरिक लाई एक ठाउँमा ल्याएर कैलालीमा सद्भाव कायम गर्दै विकास निर्माणमा अघि बढ्ने योजना रहेको चाैधरिले बताए ।


प्रकाशित : २०७८ पुष १५ बिहीबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप