लोकप्रिय खबर

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

गोदावरी कृषि विकास सहकारीको साधारणसभा सम्पन्न ,पत्रकार सहित १० जना सम्मानित

गोदावरी / गोदावरी कृषि विकास सहकारी संस्थाको १० औं वार्षिक साधारणसभा शुक्रबार ओलानीमा सम्पन्न भएको छ ।
आर्थिक तथा प्रगति प्रतिवेदन अनुमोदन र आगामी कार्ययोजना तय गर्दै साधारणसभा समपन्न भएको हो ।                         कोषाध्यक्ष पार्वती देवी विकले ८४ लाख १९ हजार ९ सय ८९ रुपैयाँ बराबरको आयव्यय प्रस्तुत गरेकी थिईन । सहकारीमा २ लाख ५२ हजार १ सय ९० रुपैयाँ १६ पैसा नाफामा रहेको उनले बताईन ।
हालसम्म सहकारीमा ७ सय ३७ जना सेयर सदस्य रहेकाछन ।
साधारणसभामा पत्रकार धनराज बिक, निवर्तमान अध्यक्ष टेक बिक सहित १० जनालाई दोसल्ला, फुलमाला र सम्मानपत्रले सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री दिर्घ सोडारीले सम्मान गरेका थिए ।
कर्यक्रमका प्रमुख अतिथि एवम् सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री सोडारीले ओलानी वासिका जनताको माग सरकारले पूरा गर्ने बताए । लामो समयदेखि चाक्ले खोलामा पुल नहुँदा यस क्षेत्रका जनताले सास्ती झेल्नु परेको स्मरण गर्दै जनताकै सहजताको लागि पुल निमार्णको काम भईरहेको मन्त्रीले बताए ।
गोदावरी कृषि विकास सहकारीले धेरै राम्रो काम गर्दै आएको भन्दै मन्त्री सोडारीले प्रशंसा गरे । दलित समुदायको बाहुल्यता रहेको यस क्षेत्रमा दलित समुदायको जीवन स्तरमा परिवर्तन ल्याउने गरि सहकारीले काम गर्दै आएको उनले बताए ।
गोदावरी नगरपालिकाको ११ नम्बर वडा नमुना वडाको रुपमा चिनिएको भन्दै वडा अध्यक्ष शिव बिकको कामको मन्त्रीले चर्चा गरेका थिए । आत्मनिर्भर बन्नको लागि मौसमी र बेमौसमी खेतीतर्फ अग्रसर हुनुपर्नेमा उनले जोड दिए ।
एक फरक प्रसङ्गमा मन्त्री सोडारीले अब सरकारको नेतृत्व दलित समुदायले गर्नुपर्ने बताए । मानिसलाई छुवाछुत गर्ने हिन्दु धर्म नसच्चिय कोल्याप्स अर्थात समाप्त भएर जाने धारण राखेका थिए ।
कार्यक्रमका विशिष्ट अतिथि एवम् गोदावरी नगरपालिका ११ नम्बरका वडा अध्यक्ष शिब विकले नुन बाहेक सबै खेती घरघरमा उत्पादन गर्नुपर्ने भन्दै भारत बाट आयातित तरकारी किनेर खाने बानी छोड्नुपर्ने बताए । आत्मनिर्भर बन्न कृषिमा केही नयाँ काम गर्नेका लागि वडा सरकारले सहयोग गर्ने भन्दै सहकारीले गरि रहेको कामको समाजमा सकारात्मक प्रभाव परेको उनले बताए ।
सहकारीका निवर्तमान अध्यक्ष टेक बिकले १५ रुपैया बाट सुरु भएको सहकारी अहिले लाखौंको कारोबार गर्ने अवस्थामा पुगेको बताए । विगतमा ५ देखि १० रुपैयाँ सम्मको चर्को ब्याजमा पैसा लिने बाध्यताको अन्त्य भएको भन्दै सहकारीको विकास मा सबै एक भएर लाग्नुपर्नेमा बिकले जोड दिए ।

कार्यक्रमका सभाअध्यक्ष कृष्ण बिकले सहकारीले साझा र सकारात्मक विचारले मात्र गति लिने भएकोले सबैले सहकारीको हितको बारेमा सोच्नुपर्ने बताए । २०६७ सालमा ७ सय ४१ जना दलित समुदायबाट बचत सुरु गरेको उनले सम्झिए । दलित विकास सेवा केन्द्र नामको संस्था स्थापना गरि सुरुवाती गरेपनि २०६९ सालमा गोदावरी कृषि विकास सहकारी संस्था लिमिटेड दर्ता गरि काम गर्दै आएको बिकले बताए ।
सचिब भिम बिकले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष बसन्ति विकले राखेकी थिईन । कार्यक्रममा नरजित धामी, डम्बरी जैगडी, डिल्ली बिक, लक्ष्मी बिक, राम बहादुर कार्की, बिर्केश सुनार, नन्द बिक, लोक बहादुर कोली, गम मिजार र पत्रकार धनराज विकले शुभकामना मन्तव्य राखेका थिए ।


प्रकाशित : २०७८ पुष १६ शुक्रबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप