लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

कैलालीबाट माओवादीमा ७ केन्द्रिय सदस्य

 

सत्ति  – नेकपा माओवादी केन्द्रको केन्द्रिय सदस्यमा कैलालीबाट ७ जना चयन भएका छन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २३६ जना केन्द्रीय सदस्यको नाम घोषणा गरेकोमा कैलालीबाट ७ जना परेका हुन ।

जसमा नेप बहादुर चौधरी, रुपा चौधरी, बिरभान चौधरी, लालबहादुर सोडारी, लक्षीराम आचार्य, बिमला सिंह र तिलक परियार रहेका छन ।
आइतबार अध्यक्ष प्रचण्डले समानुपातिक तर्फ १२५ र खुलातर्फ १११ जनाको नाम पेश गरेका थिए । प्रचण्डले केन्द्रिय सदस्यको नाम घोषणा गरेपछि बन्दसत्र हलले अनुमोदन गरेको थियो ।

विधानअनुसार समानुपातिकतर्फ १५४ र खुलातर्फ १४५ जना केन्द्रीय सदस्य चयन हुनुपर्ने प्रावधान रहेको छ ।

अब ६३ जना सदस्य चयन गर्न बाँकी रहेको छ । ती सदस्यहरु पछि मनोनीत हुनेछन् । माओवादीले पदाधिकारीको टुंगो भने सोमबार लगाउने जनाएको छ । माओवादीमा १५ पदाधिकारीको व्यवस्था गरिएको छ ।


प्रकाशित : २०७८ पुष १८ आईतवार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप