विनय चाैधरि ,काठमाडौं / टिकापुर क्षेत्र नम्बर १ काे ख क्षेत्र बाट संघीय संसदमा अत्याधिक मत लिएर विजयी भएका साँसद रेशम चाैधरिकाे नेतृत्वमा दर्ता हुने भनिएको नागरिक उन्मुक्ति पार्टी दर्ताको लागि निर्वाचन आयाेगकाे कार्यालय कान्तिपथमा आवश्यक कागजात सहित सनाखतका लागि दलका समर्थक सहित पुगेका छन् ।
देशका विभिन्न जिल्ला बाट समर्थक सहित दलका अगुवा नेता तथा कार्यकर्ता सहित निर्वाचन कार्यालयमा पुगेको बताइएको छ । साथमा रेशम चाैधरिकि श्रीमती रञ्जिता श्रेष्ठ चाैधरि , दामोदर पण्डित , नेता लक्ष्मण चाैैैधरि लगायतका नेताहरू निर्वाचन आयोगकाे कार्यालयमा पुगेका छन् ।