लोकप्रिय खबर

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

सत्ती कर्णाली सामुदायिक वनकाे साधारण सभा सम्पन्न

सत्ति / नेपालमा नै बेतबाँस र अजिङ्गरकाे खानीकाे रुपमा परिचित सत्ती कर्णाली सामुदायिक बन उपभोक्ता समुह टीकापुर ७ सत्ती कैलालीको २८ अाै बार्षिक साधारण सभा सम्पन्न भएकाे छ । सामुदायिक वनका अध्यक्ष धनसिह साँउदकाे अध्यक्षतामा भएकाे बार्षिक साधारण सभामा प्रमुख अतिथि टीकापुर नगरपालिकाका नगर प्रमुख तपेन्द्र रावल रहृका थिए भने बिशिष्ट अतिथिमा ईलाका बन सव डिभिजन कार्यालय पहलमानपुरका प्रमुख रहेका थिए ।            सामुदायिक वनका उपाध्यक्ष पहल बस्नेतकाे स्वागत मन्तव्य संगै शुरु भएकाे बार्षिक साधारण सभा टाेप बहादुर केसी , धर्म घर्ति,यज्ञ न्याैपाने, जगबिर शाह, हरि कार्की, फकिरसिह कडायत, जंग बहादुर साउद, दिर्घ ठकुल्ला लगायतले मन्तव्य राखेका थिए ।
वनका काेषाध्यक्ष मनिराम ढुङ्गानाले संचालन गरेकाे कार्यक्रममा अार्थिक बर्ष ०७७/७८ काे ८४ लाख ७ हजार १ सय १४१ बराबरकाे अाय व्यय सार्वजनिक गरेकाे थियाे । यस वनले साधारण सभाकाे अवसरमा ४५ जना जेष्ठ नागरिकलाई बल्याङ्केट र ट्रचलाईट समेत बितरण गरेकाे छ भने राष्ट्रिय अाधारभुत बिद्यालयका १५ जना र कर्णाल माबिका ३० जना बालबालिकालाइ शैक्षिक सामग्री समेत बितरण गरिएकाे थियाे । सामुदायिक वनका अध्यक्ष धनसिह साँउदले बर्ष भरिकाे बैठक भत्ता र केही ब्यक्तिगतरुपमा लगानी गरेर ४५ जना अपाङ्गता भएका ब्यक्तिलाई न्यानाे कपडा समेत बितरण गरेका थिए । सामुदायिक वनले अार्थिक बर्ष २०८७/७९ का लागि ६९ लाख ८२ हजार ३ सय ४६ बराबरको अनुमानि अाय व्यय समेत पेश गरिएकाे थियाे ।


प्रकाशित : २०७८ पुष २० मंगलवार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप