लोकप्रिय खबर

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

धनसिंहपुर कृषि सहकारीको छैटौं साधारणसभा

बटनपुर / धनसिंहपुर कृषि सहकारी संस्थाको छैटौं वार्षिक साधारणसभा शुक्रबार बटनपुरमा सम्पन्न भएको छ ।
आर्थिक तथा प्रगति प्रतिवेदन अनुमोदन र आगामी कार्ययोजना तय गर्दै साधारणसभा समपन्न भएको हो । सहकारीको व्यवस्थापक मुना थापाले २ करोड ५५ लाख ६७ हजार ६ सय १७ रुपैयाँ बराबरको आयव्यय प्रस्तुत गरेकी थिईन । सहकारीमा ६ लाख ६३ हजार ४ सय ४४ रुपैयाँ ९० पैसा नाफामा रहेको उनले बताईन ।
हालसम्म सहकारीमा २ सय ७९ जना सेयर सदस्य रहेकाछन ।
साधारणसभामा बचतकर्ता कान्छा चाैधरि ,जाैकलि देवि शाही ,लाैटन चाैधरि र उत्कृष्ट किसान सन्तु चाैधरि,भिम महर,विरेन्द्र चाैधरि, निक्षेप कर्तामा मान बहादुर डगाैरा थारु लाई सम्मानित गरिएको थियो ।

कर्यक्रमका प्रमुख अतिथि एवम् टिकापुर ८ का अध्यक्ष दिर्घ ठकुल्लाले शेयर सदस्यकाे समस्या र आवश्यकता लाई मध्यनजर गर्दै सहकारी अघि बढ्नुपर्नेमा जाेड दिएका थिए । सहकारीले धेरै राम्रो काम गर्दै आएको भन्दै ठकुल्लाले प्रशंसा गरेका थिए । ग्रामीण क्षेत्रमा किसानको जीवन स्तरमा परिवर्तन ल्याउने गरि सहकारीले काम गर्दै आएको उनले बताए । नगरपालिकाको ९ नम्बर वडामा नमुना सहकारीको रुपमा चिनिएको भन्दै उनले चर्चा गरेका थिए ।
एक फरक प्रसङ्गमा ठकुल्लाले वडा नम्बर ८ मा दिनमा दुई पटक प्रहरीको गाडी घुम्ने गरेको बताउँदै अाफ्नाे सन्तानको भविष्यका लागि अभिभावक चिन्तित हुनुपर्ने बताए । सरकारको नेतृत्व दलित समुदायले गर्नुपर्ने बताए । मानिसलाई छुवाछुत गर्ने हिन्दु धर्म नसच्चिय कोल्याप्स अर्थात समाप्त भएर जाने धारण राखेका थिए ।
कार्यक्रमका विशिष्ट अतिथि एवम् टिकापुर नगरपालिका आर्थिक विकास तथा सहकारी शाखाका प्रमुख नन्द बहादुर केसीले किसान आत्मनिर्भर बन्न कृषिमा केही नयाँ काम गर्नेका लागि वडाले पनि हरेक वर्ष सहयोग गरेकाे भन्दै सहकारीले गरि रहेको कामको समाजमा सकारात्मक प्रभाव परेको उनले बताए ।

सहकारीले ९३ हजार रुपैया बाट छ वर्ष अघि सुरु भएको सहकारी अहिले लाखौंको मुनाफा गर्ने अवस्थामा पुगेको बताए ।

कार्यक्रमका सभाअध्यक्ष धनसिंह साउँदले सहकारीले साझा र सकारात्मक विचारले मात्र गति लिने भएकोले सबैले सहकारीको हितको बारेमा सोच्नुपर्ने बताए ।
सचिब मंगल चाैधरिले संचालन गरेको कार्यक्रममा जंग बहादुर चाैधरि,पदमराज जाेशि,जिट्राम चाैधरि, नवराज साउँद, तेज बहादुर साउँद, रणबहादुर साउँद, रामकृष्ण चाैधरि,भिम महर, वीर बहादुर साउँद, विक्रम चाैधरि, भिम विक ,डम्बर घर्तीले मन्तव्य राखेका थिए ।


प्रकाशित : २०७८ पुष २३ शुक्रबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप