लोकप्रिय खबर

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

माग सम्बोधन नगरेको भन्दै कैलालीका वादी समुदाय सडकमा

हिक्मत वादी /मुडा

वादी समुदायको ४८ दिने आन्दोलन पछि २०६५ पौष २३ गते को मन्त्री परिषदले गरेको निर्णय कार्यान्वयन नभएको भन्दै कैलाली जिल्लाका वादी समुदाय आन्दोलित भएका छन्।

भु स्वामित्व प्रदान गर, वादी समुदायलाई पुनः स्थापना गर, वादी लगायत दलित समुदायलाई सुरक्षित आवासको ग्यारेन्टी गर भन्ने प्लेकार्ड सहित कैलालीको चौमाला बजारमा नाराजुलुस, र -यालि सहित वादी समुदायका मागहरु सम्मोधन गर्नका लागि गौरिगँगा नगरपालिकामा ज्ञापनपत्र बुझाएका छन।
त्यसैगरी सोही जुलुस र -यालि कार्यक्रम कैलाली को अत्तरिया बजारमा पनि वादी समुदायले निकालेका छन् ।
अत्तरिया बजारबाट सुरु भएको साे कार्यक्रम गोदावरी नगरपालिकाको गेटमा गई कोण सभामा परिणत भएको थियो।
वादी समुदायका माग पुरा गर भन्दै गोदावरी नगरपालिकाको गेटमा धर्ना बसि करिब २ घण्टा सरकार विरुद्ध वादी समुदायले प्रर्दशन गरेका थिए ।
कार्यक्रमको आयोजना राष्ट्रिय वादी अधिकार सँघर्ष समिति,वादी उत्थान समिति (सु प प्र)
घुमन्ते मगन्ते भुमिहिन वादी अधिकार सँघर्ष समिति (सु प प्र) र पार्वती वादी अधिकार सँघर्ष समिति चौमालाले गरेको थियो।


प्रकाशित : २०७८ पुष २४ शनिबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप