लोकप्रिय खबर

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

दिगाे विकास सहकारीकाे साधारणसभा सम्पन्न अध्यक्षमा पुनः कठायत सर्वसम्मत चयन       

सर्पराज साउँद ,बटनपुर /टीकापुर ८ बटनपुर स्थित दिगाे विकास बचत तथा ऋण सहकारी संस्थाकाे साधारणसभा सम्पन्न भएको छ ।
शनिबार बटनपुरमा सहकारीकाे १५ ओै वार्षिक साधारणसभा सम्पन्न भएको हाे ।

सहकारीका अध्यक्ष गाेविन्द कठायतकाे अध्यक्षतामा भएको साधारणसभामा टीकापुर नगरपालिकाका वडा नं. ८ का वडा अध्यक्ष दिर्घ ठकुल्ला प्रमुख अथिति रहेका थिए भने सहकारीका संस्थापक अध्यक्ष खगेन्द्र साउंद विशिष्ट अथिति रहेका थिए । उपाध्यक्ष जमुना वि.क.काे स्वागत संगै सुरु भएको कार्यक्रममा सुदुर सन्दर्भ न्युज डटकमका प्रवन्ध निर्देशक भिम वि.क., शिक्षक भिम महर, त्रिभुवन माविका प्रधानाध्यापक रबिन्द्र कठायत, खड्ग स्मृति मावि टिकापुरका प्रधानाध्यापक केशर रावल, समाजसेवी पदमराज जाेशि, शेर बहादुर साउंद लगायतले मन्तव्य राखेका थिए ।
काेषाध्यक्ष शेर बहादुर बुढाले आय व्यय प्रस्तुत गरेका थिए भने सहकारीले आर्थिक वर्ष २०७७/०७८ मा ९ लाख, १२ हजार ७६८ रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । भने ५ कराेड ९४ लाख ९४ हजार ८५५ रुपैयाँ बरावरकाे काराेवार गरेको जनाएको छ ।

कार्यक्रममा असल बचतकर्तामा झुप्रीदेवि साउंद र अप्सरा खत्री, आशा साउंद र पुनम चाैधरीलाई सम्मान गरेकाे थियोे । असल ऋणिमा राम कृष्णी चाैधरी र सामाजिक अभिन्यता ओम साउंदलाई सम्मान गरिएको थियाे ।
साधारणसभा बाट अध्यक्षमा पुन गाेविन्द कठायत सर्वसम्मत रुपमा चयन भएका छन् भने उपाध्यक्षमा जमुना पि विश्वकर्मा ,सचिवमा रतन टमट्टा र काेषाध्यक्षमा शेर बहादुर बुढा चयन भएका छन् । सदस्यहरुमा टेक बहादुर साउँद, माया साउँद,तुला साउँद, अरुण विक ,दिपक साउँद,मालति साउँद र नरि दमाई चयन भएको जनाइएको छ । यसैगरी लेखा समितिकाे संयाेजकमा हर्क थारु चयन भएका छन् भने सदस्यमा मीन बहादुर बुढा र पार्वती ताम्राकार चयन भएको जनाइएको छ ।


प्रकाशित : २०७८ पुष २४ शनिबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप