भिम वि. क. खक्राैला / कैलालीको पुर्वी नाका खक्राैला बाट भारत बाट नेपाल आउने नेपाली नागरिकलाई काेराेना विरुद्धको खाेप लगाउने व्यवस्था भएको छ ।
विशेषगरी भारत बाट नेपाल आउने नेपाली जस्ले काेराेना विरुद्धको खाेप नलगाएकाे पाइएमा जाेन्सन एण्ड जाेन्सन कम्पनीको गतशुक्रबार बाट काेराेना विरुद्धको खाेप लगाइने व्यवस्था भएको हेल्थ डेस्क खक्राैलाका प्रमुख मकेन्द्र राेकायाले जानकारी दिएका छन् ।
साे नाकाबाट नेपाल आउने नेपाली नागरिकलाई भारत रहँदा काेराेना विरुद्धको खाेप लगाए नलगाएकाे चेकजाँच गरि नलगाएकाे पाइएमा खाेप लगाउने व्यवस्था भएको राेकायाले सुदुर सन्दर्भ डटकमलाई बताए ।
काेराेना विरुद्धको खाेप नलगाएकाे पाइएमा भारत जाने र भारत बाट आउनेका लागि पनि उक्त सेवा हेल्थ डेस्क खक्राैला बाट प्रदान गरिएको राेकायाले बताए ।
भारत बाट नेपाल आउने नेपालीका लागि चेकजाँचका क्रममा शंकास्पद लक्षण देखिएमा एन्टिजिन परिक्षण गरेरमात्र नेपाल प्रवेश गराउने व्यवस्था भएको उनलेे बताए ।
अन्य कम्पनीको दुईवटा खाेप लगाउनुपर्ने भए पनि
जाेन्सन एण्ड जाेन्सन कम्पनीको काेराेना विरुद्धको खाेप एक पटक मात्र लगाउनुपर्ने भएकोले सजिलो पनि रहेको भारत बाट नेपाल आउँदै गरेका एक सेवाग्राहीले बताए ।
भारत बाट नेपाल भित्रीने कैलालीको प्रमुख नाका मध्ये खक्राैला नाका पनि एक भएकोले स्थानीय तह र प्रशासन संगकाे समन्वयमा आवश्यक थप सहयोग गरिने सुदुर पश्चिम प्रदेश सामाजिक विकास मन्त्रलायका सचिव गणेश बहादुर सिंहले बताए ।
प्रदेश सरकारले अन्य नाका लाई जस्तै खक्राैला नाकालाई व्यवस्थित गरेर संचालनमा ल्याउने सिंहले बताए ।
भारत बाट नेपाल आउने लाई मात्र नभइ काेराेना विरुद्धको खाेप नलगाएका, लगाउन छुटेकाले पनि हेल्थ डेस्क बाट खाेप लगाउन सक्ने बताए ।
बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म हेल्थ डेस्क बाट सेवा प्रदान हुने भएकोले सेवा लिन उनलेे आग्रह गरे ।
खक्राैला स्थित हेल्थ डेस्क बाट एचआईभी ,मलेरिया तथा अन्य सरुवा राेगकाे चेकजाँच पनि हुने गरेको छ ।