लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

छ महिना नपुग्दै भत्कियो पिच सडक

भिम वि. क. बैदि / टिकापुर – ७ बैदि स्थित बनेको पिच सडक छ महिना नपुग्दै भत्किएको छ ।

सुदुरपश्चिम प्रदेश सरकारको प्रदेश समपुरक बजेट र टिकापुर नगरपालिकाकाे ५०/५० प्रतिशत याेगदान रकम अन्तरगत भ्याट सहित २२ लाख ७३ हजार ४ सय ५० रुपैयाँ ७९ पैसामा १ सय २० मिटर हुलाकी राजमार्ग देखि डल्फिन क्षेत्र जाेड्ने बाटो भत्किएको छ ।
रानी जमरा कुलरिया सिंचाइ आयोजनाले आफ्नो कार्य क्षेत्र अन्तरगत टिकापुर ७ देखि प्रहरी चाैकि कालाकुण्डा हुँदै वडा नम्बर ९ जाेड्ने सिमा सम्मकाे सडकमा ग्राभेल हाल्ने क्रममा साे पिच सडकमा लाेड सहितको टिप्पर हिँड्दा पिच सडक भत्किएको जनाइएको छ । १ सय २० मिटरको दुरिमा १ दर्जन भन्दा धेरै ठाउँमा पिच सडक भत्किएको स्थानीयकाे भनाइ छ ।

पिच सडक बनेको छ महिनामै भत्किएको बारेमा जानकारी लिँदा नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य तथा टिकापुर नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष रामलाल डगाैरा थारुले भत्किएको पिच सडक पुनः निर्माणका लागि आफुले सम्बन्धित निकायलाई जानकारी गराएको बताए । उक्त पिच सडक गत असारमा बनाइएको थियो ।
बाटो भत्किएको जानकारी हामीलाई आएकोे छ हामीले निर्माण कम्पनीलाई पुनः मर्मतका लागि जानकारी गराइएको र कम्पनीले मर्मत गर्ने प्रतिबद्धता समेत जनाइसकेको टिकापुर नगरपालिका भाैतिक पुर्वाधार शाखा प्रमुख नवराज जाेशिले सुदुर सन्दर्भ डटकमलाई जानकारी दिए ।


प्रकाशित : २०७८ पुष २७ मंगलवार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप