लोकप्रिय खबर

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

कांग्रेस समर्थित टिकापुर नगरपालिकाका १६ जना जनप्रतिनिधि नागरिक उन्मुक्ति पार्टीमा आवद्व

 

सत्ति/ टीकापुर नगरपालिकाका कांग्रेस समर्थित १६ जना जनप्रतिनिधि रेशम चाैधरीकाे नयाँ दल नागरिक उन्मुक्ति पार्टीमा बुधबार आवद्व भएका छन् ।

टीकापुरका कांग्रेस समर्थित १६ जना जनप्रतिनिधिले कांग्रेसले मागेकाे स्पष्टीकरणकाे उत्तर दिदै आफुहरु स्वतन्त्ररुपमा रेशम चाैधरीकाे नयाँ दल नागरिक उन्मुक्ति पार्टीमा आवद्व रहेको खुलासा गरेका हुन ।

विज्ञप्ति मार्फत टीकापुर वडा नं. ३ का रामसेवक महत्ताे, वडा नं. ४ का वडा अध्यक्ष लालवीर चाेैधरी, वडा नं. ५ का वडा अध्यक्ष रामशंकर डगाैरा थारु, कार्यपालिका सदस्य रमेश वि.क., वडा नं. २ का वडा सदस्य चक्र चाैधरी, वडा नं. ३ का वडा सदस्य विना चाैधरी, वडा नं. ३ का वडा सदस्य भागिदेवि कामी, वडा नं. ४ का वडा सदस्य तुल्सा वि.क., वडा नं. ४ का वडा सदस्य रुपमति द.थारु, वडा नं. ४ का वडा सदस्य प्रेमलाल चाैधरी, वडा नं. ५ का वडा सदस्य वलिराम चाैधरी, वडा नं. ४ का वडा सदस्य कन्हैया चाैधरी, वडा नं. ४ का वडा सदस्य आशा थारु,वडा नं. ४ का वडा सदस्य सरिता भुल, वडा नं. ६ का वडा सदस्य जमुना चाैधरी र वडा नं. ६ का वडा सदस्य रामशंकर चाैधरीले आफु कांग्रेस परित्याग गरि रेशम चाैधरीकाे नागरिक उन्मुक्ति पार्टीमा आवद्व भएको सामुहिक विज्ञप्तिमार्फत सार्वजनिक गरेका हुन ।
कांग्रेसले पुस २५ गते उनिहरुलाइ नागरिक उन्मुक्ति पार्टीमा आवद्व भए नभएको लिखित स्पष्टीकरण माग गरेकाे बताइएको छ । लिखित जवाफ माग भए पनि आफुहरुले एक कार्यक्रमका विच सार्वजनिक गर्दै आफु कांग्रेस परित्याग गरि रेशम चाैधरीकाे नागरिक उन्मुक्ति पार्टीमा आवद्व भएको खुलासा गरेका हुन ।

रेशम चाैधरीले श्रीमती रन्जिता श्रेष्ठ चाैधरीलाइ अध्यक्ष बनाइ नयाँ दल दर्ता गरि विभिन्न जिल्लामा संगठन बिस्तार गरि रहेका छन ।
कैलालीका भजनि,टिकापुर नगरपालिका र जानकि गाउँपालिकामा भने प्रमुख दलका उम्मेदवारलाई स्थानीय तहको चुनावमा कडा टक्कर दिने अनुमान टिकापुर ६का एक युवा नेताले सुदुर सन्दर्भ लाई बताए ।
टिकापुरमा अझ थारु र पहाड समुदाय बिचकाे तुष अझै नमेटिएकाेले यहाँका राष्ट्रिय दलका उम्मेदवारकाे बलिया र अनुभवी नेताहरूकाे राजनितीक यात्रा लाई सजिलैसँग घाममा सुकाउन सक्ने उनलेे दावी गरे । काँग्रेस बाट मात्रै होइन माअाेवादि ,एमाले ,राप्रपा र राजपा बाट पनि रेशम चाैधरिकाे नागरिक उन्मुक्ति पार्टीमा अधिकाँश थारु तथा गैरथारुकाे प्रवेश हुने नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य रामलाल डगाैरा थारुले बताए ।


प्रकाशित : २०७८ पुष २८ बुधबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप