लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

प्रगतिशील सहकारीको अध्यक्षमा पुनः गिता चयन

सत्ति / टीकापुर ७ सत्ति स्थित प्रगतिशील बचत तथा ऋण सहकारी संस्थाकाे दशाैं चुनावी साधारण सभा बिहीबार सम्पन्न भएकाे छ ।
संस्थाका अध्यक्ष गिता चाैधरिकाे अध्यक्षतामा भएकाे साधारणसभाकाे प्रमुख अतिथी टिकापुर नगरपालिका वडा नम्बर ७ का अध्यक्ष रामलाल डगाैरा थारु रहेका थिए ।भने विशिष्ट अतिथिमा सामुदायिक सहकारी संस्था सत्तिका अध्यक्ष हरि कार्की रहेका थिए ।
महिलाको नेतृत्वमा संचालनमा रहेको सहकारीले बिस्तारै गति लिएको बताउँदै सहकारीले सामाजिक, सांस्कृतिक र आर्थिक सशक्तीकरणमा जाेड दिनुपर्नेमा प्रमुख अतिथि रामलाल डगाैराले जाेड दिएका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ सुदुर पश्चिम प्रदेश समितिका सदस्य तथा सुदुर सन्दर्भ डटकमका प्रबन्ध निर्देशक भिम वि. क. भानु सामुदायिक पुस्तकालयका कार्यवाहक अध्यक्ष पशुपति कर्ण लगायतले मन्तव्य राखेका थिए ।
सहकारीले साधारण सभामा प्रहरी,पत्रकार ,समाजसेवी , उत्कृष्ट बचतकर्ता ,असल ऋणिलाई सम्मान गरेकाे छ।

२०६७ सालमा स्थापना भएको सहकारीले यस आर्थिक वर्षमा ८५ लाख ७५ हजार ४५ रुपैयाँ ४६ पैसाकाे लगानी गर्दै २ लाख ५७ हजार ९ सय १४ रुपैयाँ ४२ पैसा मुनाफा गर्न सफल भएकाे छ ।
यस्तै सहकारीको अध्यक्षमा पुनः गिता चाैधरि चयन भएकि छन् भने उपाध्यक्षमा कमला चाैधरि सचिव माया चाैधरि सह सचिव मञ्जु चाैधरि काेषाध्यक्ष दुर्गा चाैधरि चयन भएका छन भने सदस्यहरुमा ज्ञानपति चाैधरि,सविता चाैधरि,एलिशा चाैधरि, आशादेवि चाैधरि ,लक्ष्मी चाैधरि,इन्द्रा चाैधरि चयन भएका छन् । यस्तै गरि लेखा समिति संयाेजकमा रामदुलारि चाैधरि सदस्यमा सरा कुमारी चाैधरि र फुल कुमारी चाैधरि निर्विरोधरुपमा चयन भएका छन् भने जिल्ला प्रतिनिधिमा गाेमा ढुंगाना चयन भएको निर्वाचन समितिका संयोजक दिपक कुमार वैद्यले जानकारी दिए ।


प्रकाशित : २०७८ पुष २९ बिहीबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप
    
    error: Content is protected !!