लोकप्रिय खबर

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

वादी उत्थान समिति र वादी अधिकार सँघर्ष समिति बिच सहमति

वादी उत्थान समिति र वादी अधिकार सँघर्ष समिति बिच सहमत

हिक्मत वादी, मुडा

सुदुरपश्चिम वादी उत्थान समिति र घुमन्ते मगन्ते भुमिहिन वादी अधिकार सँघर्ष समिति बिच सहमति भएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारले वादी समुदायका लागि बिनियोजन गरेको ३ करोड रुपैयाँको बिषय लाई लगेर सुदूरपश्चिम वादी उत्थान समिति र घुमन्ते मगन्ते भुमिहिन वादी अधिकार सँघर्ष समिति बिच २०७८ असार २७ गते सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कार्यालय गेट अगाडि झडप समेत भएको थियो।

प्रदेश सरकारले वादी समुदायको वृत्तिविकास ,सिप मुलक,पेशा ब्यवसाय र आय आर्जनका लागि छुट्याएको बजेटमा विवाद भएको थियो।
प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि वादी समुदायको हकहितमा काम गर्ने भन्दै ३ करोड रुपैयाँ छुट्याएको थियो।

सुदुरपश्चिम वादी उत्थान समितिको प्रयास पछि एक कार्यक्रम बिच दुबै समितिको सहमति भएको छ।

मुख्यमन्त्री कार्यालय गेट अगाडि भएको झडप लाई लिई दुवै समुहले आत्मआलोचना गरेका छन्।
सो झडपले वादी समुदायको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नराम्रो सन्देश जाने भन्दै आगामी दिनमा वादी समुदाय सबै मिलेर जानुपर्ने भनि दुवै समिति बिच सहमति भएको हो

यसै विषयमा अभियन्ता मिठु वादी भन्छिन् “घुमन्ते मगन्ते भुमिहिन वादी अधिकार सँघर्ष समिति भन्दा सुदूरपश्चिम वादी उत्थान समिति नै वैधानिक भएकोले समितिमा अन्य वादी समुदायका अगुवा लाई पनि समावेस गरि सम्पुर्ण वादी समुदायका अधिकार मुखि काम सबै मिलेर अघि बढ्नुपर्ने बताइन् ।
सुदूरपश्चिम वादी उत्थान समितिले एक कार्यक्रम को आयोजना गरि मिठु वादी लगायत अन्यलाई समितिमा नियुक्ति गरिएको छ।
सुदूरपश्चिम वादी उत्थान समितिका सदस्य रमेश वादीको स्वागत सँगै सुरु भएको कार्यक्रममा प्रमुख अतिथि सुदूरपश्चिम वादी उत्थान समितिकि अध्यक्ष रमा वादी रहेकि थिइन् भने विशिष्ट अतिथिमा सुदूरपश्चिम वादी उत्थान समितिका ईन्चार्ज अर्जुन वादी रहेका थिए ।

कार्यक्रममा कैलाली र कञ्चनपुरका वादी समुदायको सहभागिता रहेको थियो । कार्यक्रमको सँचालन सुदूरपश्चिम वादी उत्थान समितिका सचिव नन्दराम वादीले गरेका थिए ।


प्रकाशित : २०७८ पुष ३० शुक्रबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप