विनय कुश्मि,काठमाडौं / कोरोना भाइरस (कोभिड–१९)विरुद्धको बुस्टर डोज खोप दिइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अग्रपंक्तिमा खटिएका लाई माघ २ गतेदेखि र ६० वर्ष माथिका नागरिकलाई माघ १४ गतेदेखि बुस्टर डोज खोप दिन निर्देशन गरेको छ ।
सोही अनुसार आजदेखि अस्पताल तथा स्वास्थ्य संस्थामा काम गर्ने स्वास्थ्यकर्मी र कर्मचारी तथा स्वास्थ्य सँग सम्बन्धित सबैलाई बुस्टर डोज दिने भएको छ । यस्तै, सरकारी कार्यालय, सामुदायिक सेवाप्रवाह गर्ने संस्था, बैंकिङ सेवा, सार्वजनिक यातायातका चालक तथा सहचालकलाई पनि बुस्टर डोज दिने भएको छ ।
क्यान्सर, अंग प्रत्यारोपण, एचआईभी, उपचारका क्रममा रोग प्रतिरोधात्मक क्षमता कम गराउने औषधि सेवन गरेका बिरामीलाई समेत दोस्रो चरणमा बुस्टर डोज दिने तयारी छ ।
बुस्टर डोज पाउन पूर्ण मात्रामा खोप लगाएको ६ महिना भने पूरा भएको हुनुपर्नेछ ।