लोकप्रिय खबर

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

टेलिकमको विन्टर अफर भाेलि बाट सुरु हुने

 

विनय कुश्मि ,काठमाडौ / नेपाल टेलिकमले भोलि माघ ३ गतेदेखि लागु हुने गरी विन्टर अफर कार्यक्रम अघि सारेको छ ।

कम्पनीले पहिले उपलब्ध गराइरहेको अटम अफरलाई ग्राहकको रुचि अनुसार परिमार्जन गरी थप आकर्षक बनाएर विन्टर अफर उपलब्ध गराउन लागेको टेलिकमले जनाएको छ ।

अफर अन्तर्गत कम्पनीले नै उपलब्ध गराइरहेको सजिलो अनलिमिटेड प्रिपेड डाटा अफरमा थप प्याकेज समेत उपलब्ध गराउने भएको छ ।

यस्तै, पहिले २८ दिनका लागि ५९९ रुपैयाँमा लिन सकिने “सजिलो अनलिमिटेड प्रिपेड ५९९” मात्र उपलब्ध भइरहेकोमा अब “सजिलो अनलिमिटेड प्रिपेड ७९९”, “सजिलो अनलिमिटेड प्रिपेड ९९९” र “सजिलो अनलिमिटेड प्रिपेड १४९९” प्याक समेत उपलब्ध हुने भएको छ । यसमा ग्राहकलाई अनलिमिटेड भ्वाइस कल र निश्चित डाटा (दैनिक क्रमशः १ जीबी, २ जीबी र ४ जीबी) लगायतका सेवा उपलब्ध गराइएको टेलिकमका प्रवक्ता राजेश जोशीले जानकारी दिए ।

डाटा प्याक सकिए पनि अतिरिक्त शुल्क बिना नै इन्टरनेट चलाउन सकिने सुविधा यी प्याकहरुको मुख्य विशेषता भएको बताइएको छ ।

साथै, सस्तो प्रिपेड कम्बो प्याकमा थप सुविधा उपलब्ध गराइने छ । कम्बो प्याक अन्तर्गत रु. २९९ मा अब २८ दिन सम्म चलाउन मिल्ने गरी १५० मिनेट अन–नेट भ्वाइस कलका साथै २० वटा एसएमएस पठाउन र २ जीबी डाटा समेत चलाउन सकिने छ ।


प्रकाशित : २०७८ माघ २ आईतवार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप