कैलालीको मोहन्याल गाउँपालिका वडा नं ७ राजकाँडा गाउँ ( करिब २५सय फिट उचाई ) । २०३६ साल तिर दैलेख जिल्लाबाट बसाईं सरेर आएका ३०/३५ घर रहेको यो ठाउँ कैलालीको पर्यटकिय गन्तव्य स्थल बन्न सक्ने थुप्रै सम्भावना छन् ।
पुर्वि कैलालीको लम्की र चिसापानी बजार बाट हिंडेर जान सकिने यहाँ ग्रामिण परिवेश अनि मौलिकता देख्न पाईन्छ । वर्षायामको समयमा पनि दैनिक जसो १०/२० जना आन्तरिक पर्यटक घुम्न जानेहरु यहाँको मनमोहक दृश्य देखे पछि मोहित हुने स्थानिय केशव बुढा बताउँछन् ।
वरिपरि पहाडले घेरिएको बिचमा बसेको सुन्दर पातलो बस्तीमा अम्बा ,रैथाने जातको केरा र लटरम्म फलेका नासपातिले स्वागत गर्छन पाहुनालाई यहाँका बासिन्दाले । यहाँका बासिन्दाकाे प्रमुख व्यवसाय बाख्रापालन रहेकाे केशव बुढा बताउँछन् । यहाँ धुर्कोटे राजाको ऐतिहासिक तर जिर्ण दरबार रहेको छ यहाँ ।
बडेमानको हात्तीको प्रतिमा आकारको ढुंगा पनि रहेको यहाँको पर्यटकिय सम्भावना भएर एक केबुलकार कम्पनीले १सय २० रोपनी जमिन केबुलकार संचालन गर्नका लागी किनेको स्थानियको भनाई छ ।
भविष्यमा पर्यटकीय क्षेत्र बन्ने भएकोले ,चिसापानी टीकापुर र लम्कीका व्यापारीहरुले पनि यसक्षेत्रमा जमिन किनेको स्थानिय बताउँछन् । यहाँको अग्लो डाँडा माथी मालिका मन्दिर रहेको छ भने चारैतिर हेर्नका लागि भ्यु टावर पनि रहेको छ ।
तल तिर कर्णाली नदी बगेको धार, मनमोहक प्राकृतिक वन,पुर्वमा सुन्दर कर्णाली पुल र उत्तर तर्फ महाभारत पर्वत श्रृंखला ,अनि भेरी र कणौली नदीको दोभान सहजै देख्न सकिन्छ । क्षणक्षणमै मौसम परिवर्तन हुनु यहाँको विशेषता हो । चैत, बैशाखको समयमा लम्की, बौनियाँ, जोशिपुर , टीकापुर , भजनी लगायत आन्तरिक तथा बाह्य पर्यटकका लागी गर्मि छल्ने उपयुक्त स्थान बन्न सक्छ राजकाँडा ।
कसरी पुग्ने ?
लम्की बजार र चिसापानी बाट राजकाँडा पुग्न सकिन्छ । लम्की बाट १० किमि को दुरीमा रहेको राजकांडा असोज कार्तिक देखि लम्की बाट मोटरसाईकल र ट्रयाक्टर बाट एक घण्टाको हिंडाई पछि जान सकिन्छ भने ।
वर्षाको समयमा भने बाटो अवरुद्ध हुने भएकोले पर्यटकिय स्थल चिसापानीबाट करिब ३ घण्टाको पैदल यात्रामा यहाँ पुगिन्छ । पैदल यात्रामा रमाउनेका लागी यो बाटो उपयुक्तहुन सक्न भने । बाटोमा आवश्यक पर्ने सुख्खा खाना,पानी साथमा लिएर जानु उपयुक्त हुन्छ ।
शब्द ,तस्विर : भिम वि.क.