लोकप्रिय खबर

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

जाडाे बढ्दै गए पछि सत्ति कर्णाली सामुदायिक वनले चाेकचाेकमा दाउरा वितरण गर्दै

सन्दर्भ डेस्क ,सत्ति / टीकापुर ७ सत्ती स्थित सत्ति कर्णालि सामुदायिक वनले निशुल्करुपमा दाउरा वितरण गरेकाे छ ।     
सामुदायिक वनले सेवा क्षेत्रमा रहेका करिब १ दर्जन चाेकमा अागाे ताप्नका लागि नि:शुल्क दाउरा वितरण गरेको हाे । वनले उपभोक्ता र सडकमा यात्रा गर्ने यात्रीलाई मध्य नजर गर्दै वडा न ६ ७ र ८ का विभिन्न चाेकमा आगाे ताप्ने ब्यवस्था मिलाएकाे सामुदायिक वनका अध्यक्ष धनसिंह साउँदले जानकारी दिए । उनलेे जाडाेकाे समयमा अशक्त ,वृद्धवृद्धा लगायत सडकमा यात्रा गर्ने यात्री लाई राहत हाेस भनी वनले सेवा क्षेत्रका विभिन्न चाेक चाेकमा आगाे ताप्ने दाउरा वितरण गरेकाे बताए । 
अध्यक्ष साउँदका अनुसार सामुदायिक वनले हरेक वर्ष यसरी नै चाेक चाेकमा र जेष्ठ नागरिककाे लागि जर्ना दाउरा वितरण गर्दै आएकाे बताए ।
सामुदायिक वनले आफ्नै ट्याक्टर प्रयाेग गरेर आफ्नाे सेवा क्षेत्रका बिष्णुकान्तिपुर , सत्तीबजार, बटनपुर, हुलाकी चाेक, नारायणपुर , कर्णाली पुल, झुङ्गा , सुर्यपुर , वनगाउँ लगायतका चाेकमा दाउरा वितरण गरेकाे सामुदायिक वनका कार्यालय सचिव मीन बहादुर ठकुल्लाले जानकारी दिए।
सामुदायिक वनले हरेक वर्ष आफ्नाे कार्यक्षेत्रमा जाडोकाे समयमा दाउरा निशुल्करुपमा वितरण गर्ने गरेको छ । जाडोकाे समयमा चिसो बाट बच्न उपभोक्ता र आमनागरिक लाई दाउरा प्रदान गरिनु सराहनीय काम भएको स्थानीय पशुपति कर्णले बताए । ग्यास तथा न्यानो कपडाको अभाव भएका लाई राहत हुने कर्णले बताए । साेमबार बाट सेवा क्षेत्रका विभिन्न ठाउँमा दाउरा वितरण गरिएकोबताउँदै अन्यत्र अपुग ठाउँमा भाेलि पठाइने अध्यक्ष साउँदले जानकारी दिए ।


प्रकाशित : २०७८ माघ ३ सोमबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप