निलम सुनार , टिकापुर / टिकापुर ५ मा नागरिक उन्मुक्ति पार्टीको प्रथम वडा भेला तथा वडा समिति गठन गरिएको छ ।
मंगलबार कैलालीको टीकापुर ५ मनिकापुरमा नागरिक उन्मुक्ति पार्टीकाे प्रथम वडा भेला तथा वडा समिति गठन भएको हाे ।
फूलराम चौधरीकाे संयाेजकत्वमा ५१ सदस्यीय वडा समिति गठन भएको छ । जसकाे सह- संयाेजक नरैना चाैधरी, काेषाध्यक्ष उषा कुमारी चाैधरी, सचिव नेत्र चाैधरी र सह-सचिव मायाराम चाैधरी चयन भएका छन् । साे कार्यक्रम
वलविर थारुकाे अध्यक्षतामा भएको वडा भेला तथा वडा कमिटी गठन कार्यक्रममा केन्द्रीय सदस्य दामोदर पन्डित, केन्द्रीय सदस्य रामलाल डगाैरा थारु, केन्द्रीय सदस्य लक्ष्मण किशाेर चाैधरी, केन्द्रीय सदस्य रमेश वि.क. लगायतले मन्तव्य राखेका थिए ।
नागरिक उन्मुक्ति पार्टि दर्ता भए पछि पछिल्लोपटक टिकापुरमा संगठन निर्माणलाई तिव्रता दिएको छ ।