लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

लागुऔषध सेवन गर्ने अड्डा तिकुनिया बजार

सत्ति / टीकापुरमा प्रहरीले लागु औषध प्रयोगमा कडाई गरेपछि लागु औषध सेवनकर्ताले भारतको तिकुनिया बजारलाई लागु औषध सेवन गर्ने अड्डा बनाउँन थालेका छन ।
प्रहरीले लागुअाैषध प्रयाेगमा कडाई गरे पछि टीकापुर लगायत आसपासका क्षेत्रमा नपाउने भएकोमा भारतिय बजार तिकुनिया गएर सेवन गरेर आउने गरेकाे पाईएकाे छ । भने केही प्रयाेगकर्ता भने नेपालगन्ज सम्म पुग्ने गरेको स्रोतको दावी रहेको छ ।
लागुऔषध सेवन गर्न टीकापुरबाट भारतको तिकुनिया जाने गरेको रहस्य पत्ता लागेपछि बिगत दुई हप्ता देखि प्रहरीले नाकामा कडाई गरेको छ । प्रहरीले नाकामा कडाई गरेपछि दैनिक ३/४ जना लाई पक्राउ पर्न थालेका छन् । प्रहरीले लागु औषध नियन्त्रणमा बिगतको भन्दा थप कडाई गर्दै आएको छ ।
‘‘बिगतमा भारतबाट लागु औषध ल्याएर टीकापुर क्षेत्रमा बिक्रि हुने गरेको थियो,हामीले कडाई गरेपछि भारत गएर सेवन गर्न थालेको रहस्य पत्ता लागेको हो ,’’ इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले बताए , ‘‘पक्राउ परेका मध्य सामान्य लाई अभिभावकको जिम्मा लगाउने गरेका छौं भने गम्भिर प्रकृतिका छन् भने सुधार केन्न्द्र मा पठाउने र मुद्धा चलाउने गरेकाे बताए । लागुऔषध सेवनले अपराध बढाएको हो भन्दै सापकोटाले खुला नाकाको फाईदा उठाउँदै लागु औषध सेवन गर्ने अड्डा भारत को तिकुनिया भएकाे बताए । ‘‘पछिल्लो समय प्रहरीले लागु औषध र शान्ति सुरक्षा भंग गर्नेलाई पक्राउ गर्दै मुद्धा चलाउन थालेको छ ,’’ प्रहरी नायब उपरिक्षक सापकोटाका अनुसार ‘‘लागु औषधका बारेमा समाजका हरेक व्यक्ति सजग हुन जरुरी रहेकाे र प्रहरी एक्लैले केही गर्न नसक्ने बताए ।’’ टीकापुर प्रहरीले मंसिर महिनामा लागुऔषध र शान्ति सुरक्षा खलबल्याउने १ सय ७० जनालाई पक्राउ गरि २८ जनालाई मुद्धा चलाएको छ । त्यसै गरि पुष महिनामा २ सय ३५ जनालाई पक्राउ गरेको छ भने ५१ जनालाई मुद्धा चलाएको छ । चालु आर्थिक वर्षमा मात्र टीकापुरले १६ वटा मुद्धामा २५ जनालाई मुद्धा चलाएको तथ्यांक छ । प्रहरीले साे अवधिमा ४० ग्राम ७० मिलिग्राम खैरो हिरोइन पक्राउ गर्न सफल भएकाे छ । बिगत केहि महिना यता टीकापुर र लम्की क्षेत्रमा अपराधका घटना बढ्न थालेका छन् ।‘ लागु औषध नियन्त्रणमा प्रहरी र समाज दुबै मिलेर काम गरे मात्र सफल भइन्छ ,’’ टीकापुर ८ का वडा अध्यक्ष दिर्घ ठकुल्लाले भने ‘लागुऔषधमा पक्राउ परेका युवालाई प्रहरीबाट छुटाउने हतार गर्नुभन्दा कुलतबाट बचाउने बारेमा सबैको ध्यान आवश्यक छ ।


प्रकाशित : २०७८ माघ ५ बुधबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप