बेलुवा / नागरिक उन्मुक्ति पार्टीको टिकापुर ७ बेलुवामा प्रथम वडा भेला तथा वडा समिति गठन गरिएको छ ।
बुधबार टीकापुर ७ बेलुवामा नागरिक उन्मुक्ति पार्टीकाे पहिलो वडा भेला तथा वडा समिति गठन कार्य सुरु गरिएको हाे ।
टिकापुर ७ का वडा अध्यक्ष तथा नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य रामलाल डगाैरा थारुकाे अध्यक्षतामा भएको वडा भेला तथा वडा कमिटी गठन कार्यक्रममा केन्द्रीय सदस्य दामोदर पन्डित र लक्ष्मण किशाेर चाैधरीले उपस्थित सहभागीलाई अन्य दल हुँदाहुँदै पनि नागरिक उन्मुक्ति पार्टी दर्ताको उपादेयता र आगामी कार्ययोजनाका बारेमा जानकारी गराएका थिए ।
भेलाले देशराज चौधरीकाे संयाेजकत्वमा ३५ सदस्यीय वडा समिति गठन भएको छ । जसकाे सह- संयाेजकमा संगिता चाैधरी, काेषाध्यक्षमा शान्ति चाैधरी, सचिवमा तुल्सिराम चाैधरी र सह-सचिवमा माया बुढा क्षेत्री चयनभएका छन् ।
साेहि कार्यक्रममा मायादेवी क्षेत्रीकाे संयोजकत्वमा वडा स्तरिय महिला समिति र पुनम चाैधरीकाे संयोजकत्वमा वडा स्तरीय कलाकार समिति गठन गरिएको बताइएको छ ।
विश्राम चाैधरीले स्वागत गरेको कार्यक्रम संचालन केन्द्रीय सदस्य बलविर थारुले गरेका थिए । नेपाली काँग्रेस परित्याग गरि टिकापुर नगरपालिकाका १६ जना जनप्रतिनिधिले नागरिक उन्मुक्ति पार्टी आवद्ध भएका छन् भने माअाेवादि पार्टीमा आवद्ध टिकापुर ७ का वडा अध्यक्ष रामलाल डगाैरा थारु अहिले खुलेर नागरिक उन्मुक्ति पार्टीमा लागे पनि माअाेवादिले उनलाई कुनै स्पष्टीकरण या कार्वाही भने नगरिएको देखिन्छ ।
नागरिक उन्मुक्ति पार्टीमा विभित्र पार्टीका नेता तथा जनप्रतिनिधि प्रवेश गर्ने आन्तरिक तयारी रहेकाे नागरिक उन्मुक्ति पार्टीका नेता रामलाल डगाैरा थारुले दावी गरे ।