लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

सत्तिकाे प्रगतिशील सहकारीलाई १० लाख बीउ पुँजी सहयोग

सत्ति / टिकापुर नगरपालिका वडा नम्बर ७ सत्तिकाे प्रगतिशील बचत तथा ऋण सहकारीलाई बिउ पुँजी सहयोग गरिएको छ ।
सहकारीलाई दिगो विकास समाज भजनिले आर्थिक तथा पुनःस्थापना परियोजना बाट १० लाख रुपैयाँ बिउ पुँजीको रुपमा बिहीबार एक कार्यक्रमका बिचमा सहयोग गर्ने सम्झौता गरिएको छ ।
परियोजना मार्फत १० लाख रुपैयाँ र सहकारिले २ लाख ५० हजार रुपैयाँ गरि साढे १२ लाख रकम विदेश बाट फर्केका,महिला ,न्यून आय भएका तथा जाेखिममा परेका महिलालाई वार्षिक ५ प्रतिशत ब्याजमा रकम लगानी गरिनुपर्ने सर्त रहेको दिगो विकास समाज भजनिका आर्थिक पुनःस्थापना परियोजनाका कार्यक्रम संयाेजक आशिष उपाध्यायले जानकारी दिए ।
टिकापुर नगरपालिकाका वडा नम्बर ६,७,८ र ९ का सिमा पुगेका सहकारीका सदस्यलाई १० हजार देखि ५० हजार सम्म ऋण लगानी गर्नुपर्ने उपाध्यायले बताए ।
बिउ पुँजी सहयोग हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि टिकापुर नगरपालिका वडा नम्बर ७ का अध्यक्ष रामलाल डगाैरा थारुले रकम सानो भएता पनि काेभिड प्रभावित ,जाेखिममा परेका ,न्यून आय भएका र विदेश बाट फर्केकाहरुका लागि गाउँ घरमै बसेर सानोतिनो व्यवसाय गर्नेका लागि सघाउ पुग्ने बताए ।
दिगो विकास समाज भजनि द्वारा संचालित आर्थिक पुनःस्थापना परियोजनाले टिकापुर नगरपालिकाका १,भजनि नगरपालिकाका १ र घाेडाघाेडि नगरपालिकाका २ र कैलारि गाउँपालिकाका १ गरि पाँच वटा सहकारिलाई प्रति सहकारी १० लाख रुपैयाँ सहयोग गरेको संस्थाले जनाएको छ ।
बिउ पुँजी हस्तान्तरण कार्यक्रम दिगो विकास समाज भजनिका अध्यक्ष रामबहादुर सुनारकाे अध्यक्षतामा भएको थियो ।


प्रकाशित : २०७८ माघ ६ बिहीबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप
    
    error: Content is protected !!