सन्दर्भ समाचार ,सत्ति / कैलालीको दक्षिणपुर्वी क्षेत्र खक्राैला नाकाबाट प्रतिबन्धित औषधि सहित दुई युवा पक्राउ परेका छन् ।
उनिहरुलाई प्रहरी चाैकि कालाकुण्डाले शुक्रबार टिकापुर नगरपालिका वडा नम्बर २ सितापुरका शेखर सुनार , धर्मेन्द्र शाह लाई नाइट्राभेट २५ ट्याब्लेट र स्पास्माेल ४७ वटा गरि ७२ ट्याब्लेट सहित पक्राउ गरेको इलाका प्रहरी कार्यालय टिकापुरका प्रमुख डिएसपी प्रकाश सापकोटाले जानकारी दिए ।
भारतीय बजार बाट शुक्रबार साँझ नेपाल फर्कदै गर्दा प्रहरी चाैकि कालाकुण्डाकाे खक्राैला स्थित चेकपोस्टमा चेकजाँच गर्ने क्रममा ती युवा बाट ट्याब्लेट गुप्ताङ्गमा लुकाएर राखेको अवस्थामा भेटिएको प्रहरीले जानकारी दिएको छ । ती दुई युवालाई आवश्यक कार्वाहीका लागि इलाका प्रहरी कार्यालय टिकापुर पठाइएको प्रहरी चाैकि कालाकुण्डाका इन्चार्ज लाेकेन्द्र चन्दले जानकारी दिए ।
पछिल्लो एक महिना देखि सिमानामा लागुअाैषधमा प्रहरीले कडाइ गरेको अवस्थामा भारतीय बजार सम्म पुगेर सेवन गर्ने गरेको एक स्रोतले बताएको छ ।
बजारमा ब्राउन सुगरकाे अभाव भएको र सेवनकर्ताकाे संख्या धेरै भएकोले पछिल्लो समयमा भारतीय लागुअाैषधका बिक्रेताले ब्राउन सुगरमा लागुअाैषधका ट्याब्लेट पिसेर मिसाएर बिक्री गर्ने गरेको स्रोतले बताएको छ ।