लोकप्रिय खबर

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

श्रीलंकामा स्वास्थ्य सेवा सुरु भएको पहिलाे दिनमै १२ जनाले लिए सेवा

टीकापुर/श्रीलंकामा बुधबारदेखि स्वास्थ्य सेवा सुरु भएको छ ।
टीकापुर नगरपालिका वडा नं. ८ श्रीलंका स्थित श्रीलंका आधारभुत स्वास्थ्य केन्द्रमा नगरपालिकाले बुधबार देखि स्वास्थ्यकर्मी खटाए पछि स्वास्थ्य सेवा काम सुरु भएको हाे ।

बुधबार देखि सुरु भएको श्रीलंका आधारभुत स्वास्थ्य केन्द्रमा पहिलाे दिनमै १२ जना विरामीले स्वास्थ्य परिक्षण गरेएको स्वास्थ्यकर्मी शान्ति ढुंगाना नेपालीले जानकारी दिनुभयो ।

६५ घर परिवार रहेकाे श्रीलंकामा आ.व.२०७७/०७८ मा सुदुर पश्चिम प्रदेश सरकारकाे रु १५ लाख लागतमा टीकापुर नगरपालिकाले श्रीलंका आधारभुत स्वास्थ्य केन्द्रकाे भवन निर्माण गरेकाे वडा नं. ८ का वडा अध्यक्ष तथा टीकापुर नगरपालिकाका प्रवक्ता दिर्घ बहादुर ठकुल्लाले जानकारी दिनुभयो ।

प्रवक्ता ठकुल्लाले भवन निर्माणकाे काम अघिल्लो वर्षमा नै सम्पन्न भए पनि स्वास्थ्यकर्मी अभावका कारण संचालनमा नआएको बताउनुहुदै स्थानीयकाे मागलाई मध्येनजर गर्दै बुधबार देखि स्वास्थ्यकर्मी खटाएको बताउनुभयो । ठकुल्लाले श्रीलंका आधारभुत स्वास्थ्य केन्द्रकाे घेरवार, शाैचालय लगायतका पुर्वाधार निर्माण गर्न वाकी रहेकोले नगरपालिकाले यसै आर्थिक वर्षमा निर्माणको काम सम्पन्न गर्ने बताउनु भयाे ।

टीकापुर नगरपालिकाकाे एक वडा एक स्वास्थ्य संस्था भन्ने नारा अनुसार टीकापुर नगरपालिकाका सबै वडामा स्वास्थ्य संस्था स्थापना गरि सकेकाे टीकापुर नगरपालिकाका नगर प्रमुख तपेन्द्र बहादुर रावलले जानकारी दिनुभयो । टीकापुर नगरपालिकाकाे श्रीलंका बटनपुर देखि टाढा भएको र दुर्गम ठाउँ भएकोले अलगै स्वास्थ्य संस्था बनाउनुपर्छ भनी नगरपालिकाले स्थापना गरेको बताउनुभयाे ।


प्रकाशित : २०७८ माघ १३ बिहीबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप