लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

प्रवासी युवाले जन्मभुमि लाई एम्बुलेन्स जुटाए

बटनपुर / राेजगारिकाे सिलसिलामा विदेश रहेका टिकापुर ८ का युवाले रकम संकलन गरेर एम्बुलेन्स जुटाएका छन् ।
साविक धनसिंहपुर गाविस संसारका विभिन्न देशमा राेजगारिकाे धनसिंहपुर प्रवासी युवाहरुकाे अगुवाइमा धनसिंहपुर प्रवासी समिति गठन गरि मंगलबार एक कार्यक्रम गरि धनसिंहपुर स्वास्थ्य चाैकीलाइ एम्बुलेन्स हस्तान्तरण गरिएको छ ।
धनसिंहपुर प्रवासी युवा समितिका अध्यक्ष ओम बहादुर साउँदकाे अध्यक्षतामा भएको एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा टीकापुर नगरपालिकाका नगर प्रमुख तपेन्द्र रावल प्रमुख अतिथि रहेका थिए ।
स्थानीय टेक बहादुर साउँदकाे स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रममा टीकापुर नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष दिर्घ ठकुल्ला र साविक धनसिंहपुर गाविसका पुर्व अध्यक्ष जंग बहादुर साउद विशिष्ट अतिथि रहेका थिए । आफ्नो र परिवारकाे पेट काटेर जन्मभूमि र समाजको लागि साेच्ने युवा बाट यहाँका युवाले पनि समाज हितका लागि लाग्नुपर्नेमा साविक धनसिंहपुर गाविसका अध्यक्ष जंग बहादुर साउँदले बताए । एम्बुलेन्स संचालन बाट मातृ मृत्यु ,शिशु मृत्यु कम हुने टिकापुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख बल बहादुर रावलले बताएका थिए ।
वैदेशिक राेजगारिमा रहेका धनसिंहपुरका युवाले आफ्नो अभिभावकलाई पनि समुदायमा शिर ठाडो गर्ने बनाएको वडा नम्बर ८ का अध्यक्ष दिर्घ ठकुल्लाले बताए । विदेश बस्ने युवाको सकारात्मक काम भएको टिकापुर नगरपालिकाका नगर प्रमुख तपेन्द्र रावलले बताए । कार्यक्रममा आफुले कमाएकाे भन्दा समुदायको लागि केही सहयोग गर्न सकेकोमा धेरै खुशी मिलेको एम्बुलेन्स सहयोग अभियानका संयाेजक आेम साउँदले बताएका थिए ।

एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा नेपाल महासंघ सुदुरपश्चिम प्रदेश सदस्य भिम वि.क., त्रिभुवन मा.वि.बटनपुरका प्र अ रवीन्द्र कठायत, नेपाल रेडक्रसका जिल्ला सदस्य भिम महर, नेपाली कांग्रेसका नेता शेर बहादुर साउँद, समाजसेवी मीन बहादुर कठायत, टिकापुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बल बहादुर रावलले शुभकामना मन्तव्य राखेका थिए । भने कार्यक्रम संचालन अरुण वि. क. ले गरेका थिए ।
एम्बुलेन्स खरिदका लागि आर्थिक सहयाेग गर्नेहरुमा टीकापुर वडा नं. ८ का ओम बहादुर साउँद १ लाख १५ हजार ५ सय, दिपक वि क ७३ हजार , मनाेज साउँद ५२ हजार, टंक साउँद ६२ हजार, नवराज साउँद ६३ हजार, हेमन्त साउँद ५३ हजार, उमेश साउँद ४२ हजार, सुरेन्द्र साउँद ५२ हजार, प्रेम वि क ४० हजार, प्रेम ठकुल्ला ५२ हजार ५ सय, नवराज साउँद ६३ हजार ५ सय, विजय साउँद ५२ हजार ५ सय, अशाेक साउँद ५० हजार, सन्जित साउँद ६२ हजार ५ सय, सुरेश साउँद ६२ हजार ५ सय, समीर साउँद ५२ हजार ५ सय, सुजित साउँद ६२ हजार ५ सय, शिव परियार ५२ हजार ५ सय, धिरज साउँद ५५ हजार ५५५, यम बहादुर साउँद २१ हजार, धर्मा साउँद १५ हजार र सन्ताेष विश्वकर्मा लगायत २२ जनाले रू २० हजार गरि जम्मा रू ११लाख ७६ हजार ०५५ रुपैयाँ सहयाेग गरेका थिए ।


प्रकाशित : २०७८ माघ १८ मंगलवार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप
    
    error: Content is protected !!