टिकापुर / सामाजिकरुपले सबैभन्दा पछि पारिएको दलित समुदायको मुक्ति , सहअस्तित्व र स्वाभिमानका लागि नवगठित नागरिक उन्मुक्ति पार्टीको दरिलो साथ रहने बताएको छ । दलित समुदाय चुनावी एजेन्डा मात्रै बन्ने गरेकोमा नागरिक उन्मुक्ति पार्टीले भने दलित समुदायको सवाल र विकासको लागि विशेष व्यवस्था ल्याउने दावी गरिएको छ । नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य रमेश विककाे पहलमा शनिबार टिकापुरमा आयाेजित छलफलमा उनलेे साे कुरा बताएका हुन ।
जसको सवाल उसैकाे नेतृत्व आवश्यक हुने , अधिकार मागेर, दलको झाेला मात्रै बाेकेर नपाइने बताउँदै समुदायको विकासका लागि दलितले नागरिक उन्मुक्ति पार्टी नै राेज्नुपर्ने बताएका थिए ।
दलित समुदायका नेता विभिन्न दलका मात्र दलित नेता बनेको तर समग्र दलित समुदायका नेता बन्नुपर्नेमा सहभागीहरुले बताएका थिए ।
जहाँ समुदायको समस्या सुनुवाइ हुन्छ त्यहीँ समुदाय लाग्नुपर्ने कार्यक्रममा सहभागी एक शिक्षकले बताए ।
स्थानीय तहको निर्वाचनमा सचेत दलित समुदायले साेच्ने बेला भएकाे नागरिक उन्मुक्ति पार्टीका अर्को केन्द्रीय सदस्य दिपक निशानीले धारणा व्यक्त गरे ।
अब टिकापुरका दलित समुदाय सिद्धान्त भन्दा माथि उठेर सिद्धान्त भन्दा सत्ता केन्द्रीत हुनुपर्नेमा जाेड दिँदै नागरिक उन्मुक्ति पार्टीले सकेसम्म आउँदो स्थानीय निर्वाचनमा दलित समुदायको महिलालाई उपमेयरकाे उम्मेदवार बनाउने दावी निशानीले गरे । दलित समुदायले टिकापुरमा इतिहास रच्ने माैका आएको बताउँदै दलित समुदायको मतको कदर आफ्नो पार्टिले मात्रै गर्ने दावी गरे ।
साे कार्यक्रममा टिकापुरका दलित समुदायका नागरिक अगुवा ,बैंक,सहकारी तथा वित्तीय संस्थामा कार्यरत , अन्य दलमा स्थानीय नेता, शिक्षक तथा सामाजिक अभियन्ताहरु गरि करिब ३ दर्जनकाे सहभागिता रहेको थियो ।