लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

जनजाति ,दलित र पछि परेका समुदायको समन्वय भए टिकापुरकाे समृद्धि सम्भव : पण्डित

बालुवाटार (खक्राैला) / जनजाति ,दलित र राज्य बाट उपेक्षित समुदायले समन्वय गरेर आगामी चुनावमा नागरिक उन्मुक्ति पार्टीलाई सहयोग गरे यहाँका नागरिकको समृद्धि हुने बताइएको छ । साे कुरा नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य तथा प्रवक्ता दामोदर पण्डितले टिकापुर ९ मा भएको एक कार्यक्रममा बताए ।
थारु समुदायकाे पहिचान र दलित समुदायको उन्मुक्तिका लागि नागरिक उन्मुक्ति पार्टीलाई आगामी चुनावमा भाेट हालेर जिताउन उनलेे आग्रह गरे ।
जनजाति र दलित समुदायलाई टेकेर अन्य दलले संधै सत्तामा जाने सिंढी मात्र बनाएको उनलेे बताए । विभेदमा पारिएका दलित समुदायले आफ्नो आँसु आफै पुछ्न नागरिक उन्मुक्ति पार्टीमा गाेलबन्द हुनुपर्नेमा जाेड दिए । आगामी चुनावमा जनजाति र दलितले नागरिक उन्मुक्ति दललाई मत दिए टिकापुरमा सत्ता लिन सकिने उनलेे दावी गरे ।
नागरिक उन्मुक्ति पार्टी स्थापना भएको ३४ दिन मात्र भएता पनि देशभरि तरंग उत्पन्न भएको उनलेे दावी गरे ।
कार्यक्रममा पार्टीको टिकापुर ९ खक्राैला( एकता नगर) माटोल कमिटी चयन भएको छ ।
सविता मिस्रीकाे संयाेजकत्वमा २३ सदस्यीय टोल कमिटी चयन भएको जानकारी प्राप्त भएको हो । जस्काे सह संयाेजकमा भाेजराज चाैधरि सचिव भारती वड र काेषाध्यक्षमा धन बहादुर वड रहेका छन् । स्थानीय वयोवृद्ध सम्य मिस्रीकाे अध्यक्षतामा भएको कार्यक्रममा नागरिक उन्मुक्ति पार्टीका प्रवक्ता दामाेदर पन्डित प्रमुख अतिथि रहेका थिए । कमिटी गठन कार्यक्रममा नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य तथा टिकापुर नगरपालिका ईन्चार्ज रामलाल डगाैरा थारु , केन्द्रीय सदस्य रमेश वि.क., केन्द्रीय सदस्य दिपक निसानीले मन्तव्य राखेका थिए ।


प्रकाशित : २०७८ माघ २४ सोमबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप
    
    error: Content is protected !!