लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

टिकापुर – ६ मा काँग्रेस बाट सन्तोषकाे चर्चा

विनय चाैधरि झुँगा / आगामी वैशाख ३० गते हुन गैरहेकाे आसन्न स्थानीय तहको निर्वाचनमा टीकापुर ६ बाट वडा अध्यक्षमा सन्तोष खड्का उम्मेदवारको रुपमा अघिसरेका    छन् ।


२०६४ सालबाट कांग्रेसको राजनीतिमा प्रबेश गरेका खड्का गएको स्थानीय तहको निर्वाचनमा समेत वडा अध्यक्षमा उम्मेदवारको रुपमा प्रस्तुत भएका थिए । त्यसबेला पार्टीको नेतृत्व तहले आगामी निर्वाचनमा टिकट दिने भनेर समेत बाचा गरेकोले यसपटक वडा अध्यक्षमा खड्काले टिकट जसरी पनि लिने भएका छन। कांग्रेसमा ईमानदार, क्षमतावान नेतृत्वको रुपमा छवि भएको युवाको रुपमा खड्का परिचित छन् । समाजसेवामा पनि सक्रिय रहेका खड्का युवा सहित वडामा लोकप्रिय रहेका छन् । खड्काले वडा अध्यक्षको जिम्मेवारी दिनुपर्नेमा वडाका युवाको भनाइ रहेको छ ।

नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैंक तथा सहकारी विषयगत समितिको विज्ञका सदस्यकाेरुपमा खड्का काम गर्दै आएका छन् । खड्का कांग्रेस केन्द्रीय तरुण विभागको यूवा उद्यमशिलता विकास तथा प्रशिक्षण समन्वय समितिको केन्द्रीय सदस्य, टीकापुर जेसिसका कार्यकारिणी उपाध्यक्ष र टीकापुर उघोग बाणिज्य संधका सदस्य पनि हुन ।
वडाको विकासका लागि खड्कालाई काँग्रेसले यसपटक उनलाई टिकट नदिए युवाको मत काँग्रेसलाई नजाने युवाहरूको भनाइ रहेको छ । खड्काले यसपटकको वडा अध्यक्षमा आफ्नो दावी रहने र समग्र विकासका लागि आफू कटिबद्ध भएर लाग्ने विभिन्न फाेरमहरुमा बताउने गरेको स्थानीयकाे भनाइ छ ।


प्रकाशित : २०७८ माघ २७ बिहीबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप