लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

नागरिक उन्मुक्तिकाे कुनै दल संग गठबन्धन नहुने : प्रवक्ता पण्डित

सत्ति / आगामी चुनावमा नागरिक उन्मुक्ति पार्टि र अन्य दल बिच चुनावी गठबन्धन नहुने बताइएको छ । स्थानीय चुनावको मिति नजिकिँदै गर्दा चाेक ,जमघट र चिया पसलमा पनि चुनावी कुराकानी र अफवाह फैलिएका छन् । एक महिना अघि मात्र दर्ता भएको नागरिक उन्मुक्ति पार्टी दर्ता भए पछि भने टिकापुरका चिया पसल देखि जमघटमा पनि अनेकन चर्चा र परिचर्चा हुने गरेको छ ।
दल दर्ता पछि अत्तालिएका व्यक्तिले अफवाह र अनेक अडकल बाजि गरेको नागरिक उन्मुक्ति पार्टीका प्रवक्ता दामोदर पण्डितले बताए । नागरिक उन्मुक्ति पार्टीलाई थारु जातिको पार्टी र आगामी चुनावमा अन्य दल संग गठबन्धन गरेर जाने भनेर गलत अफवाह फैलाएको उनले बताए।

नागरिक उन्मुक्ति पार्टी प्रति आकर्षक बढ्दै गएको हुनाले यस्तो अफवाह भएको प्रवक्ता पण्डितले बताए । यस्तै गरि नागरिक उन्मुक्ति पार्टीका टिकापुर नगर इन्चार्ज रामलाल डगाैरा थारुलेे अहिलेसम्म कुनै दल संग बसेर आगामी चुनावमा तालमेल हुने बारेमा आैपचारिक वार्ता नभएको बताएका छन् । संगठन विस्तार भएको देखेपछि अत्तालिएकाे अत्तालिएर भ्रम मात्रै छरेका उनलेे सुदुर सन्दर्भ डटकमलाई जानकारी दिए । यस्तो भ्रममा नपर्न शुभचिन्तक ,पार्टीका कार्यकर्ता र नेतालाई उनलेे अनुरोध गरे ।

 


प्रकाशित : २०७८ माघ २८ शुक्रबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप