उसाे त पत्रकारहरूलाई डेट गर्न सहज छैन । सटिक, विश्लेषणात्मक, सीधा हुने भएकाेले उनीहरू सीतिमिति कसैसँग प्रभावित भइहाल्दैनन् । त्यस्तै उनीहरू ‘वर्कहोलिक’ प्रकृतिका समेत हुने हुनाले समय नदिएको महसुस पनि हुनसक्छ ।
यस्ताेमा पत्रकारलाई डेट गर्न पक्कै पनि सहज नहुने निश्चितजस्तै छ तर, यदि तपाईं उनीहरूसँग सम्बन्धमा हुनुहुन्छ भने यस्ता कतिपय कुरा छन्, जसले पत्रकारसँग डेट वा सम्बन्धमा हुनु तपाईंका लागि निकै रमणीय ठहरिनसक्छ ।
१. उनीहरूलाई राम्रा ठाउँबारे ज्ञात हुन्छ : पप कल्चर अनुसार पत्रकार असामाजिक र आत्मवादी एवं पूर्वाग्रही देखिन सक्छन् तर वास्तवमा भने पत्रकारहरूलाई विभिन्न कार्यक्रम तथा समारोहमा गइरहनुपर्ने भएकाले उनीहरूलाई त्यस्ता अनेक ठाउँहरूबारे ज्ञात हुन्छ र उनीहरू घुम्न जान राम्राे ठाउँ राेज्न सहयाेग गर्न सक्छन् ।
२. उनीहरू सिर्जनशील हुन्छन् : लेखनी पेसा भएका कारण सिर्जनशीलता उनीहरूको अर्को गुण हो । यद्यपि, उक्त सिर्जनशीलता समाचार, फिचर लेखनीमात्र नभई कतै तपाईंलाई सुन्दर प्रेम पत्र वा भावानुव्यक्तिमा समेत आउन सक्छ ।
३. गफिनका लागि उपयुक्त व्यक्ति : वाककलामा पोख्त पत्रकारसँगको कुराकानी तथा गफगाफ निकै रोचक र अन्त्यहीन हुनसक्छ ।
४. पैसा दोस्रो प्राथमकितामा : पैसा कमाउने पेसाको रूपमा पत्रकारितालाई बुझ्नु गलत हुन्छ । पैसामुखी व्यक्ति पत्रकारितामा लाग्दै लाग्दैनन् । यसकारण पनि उनीहरूको लागि पैसा प्राथमिकताको दोस्रो श्रेणीमा आउँछ । जसकारण तपाईंलाई उनीहरूले प्राथमिकताको लिस्टमा पैसाभन्दा माथि नै राख्ने छन् ।
५. भरोसायोग्य : विश्वास अनि भरोसा पत्रकारको प्रमुख गुण हुन् । महत्वपूर्ण जानकारी रेकर्ड राख्ने देखि स्रोतको विश्वास उनीहरूले जितेका हुन्छन् । पत्रकारसँग डेट गर्नुहुन्छ भने उनीहरू तपाईंका रहस्य गाेप्य राख्न भरोसायोग्य पात्र हुनसक्छन् ।
६. ‘मल्टिटास्क’मा पोख्त : कहिले नसकिने डेडलाइन, फोन कलमार्फत अनवरत कुराकानीसँगै जानकारी टाइप गर्नेदेखि प्रेसरयुक्त वातावरणमा पनि पत्रकार काम गर्न सक्छन् । जसको कारण उनीहरूमा मल्टिटास्कको क्षमता विकास भएकाे हुन्छ । उक्त प्रवृतिकै कारण उनीहरू आफ्ना काम अनि सम्बन्धलाई पनि उचित समय व्यवस्थापन गर्न सक्छन् । दिनभरको थकित कामपश्चात पनि उनी आफ्ना प्रियलाई माया प्रकट गर्न बिर्सिंदैनन् ।
७. उनीहरू तपाईंलाई ‘स्पेस’ दिन्छन् : पत्रकारलाई स–साना विषयमा झगडा, तर्क गर्ने समय हुँदैन । दैनिकचर्याको लेखाजोखा पनि उनीहरूले तपाईंबाट लिँदैनन् । जसकारण तपाईंलाई आफ्नो ‘स्पेस’ दिन्छन् । र, सोही प्रकारको व्यवहार आफ्नो लागि पनि अपेक्षा गर्छन् ।
८. उनीहरू मेहेनती हुन्छन् : पत्रकार हुनु सजिलो छैन । उनीहरू मेहेनती र सहनशील हुन्छन् । पब्लिक रेलिसन बनाउनेदेखि समाचारको लागि स्रोतसँगको समय बिहान, दिउँसो, साँझ जुनसुकै समय पनि उनीहरू तयार रहन्छन् । अल्छीपना उनीहरूमा हुन्न । सही समयमा सही जानकारी र कामको हेक्का उनीहरूलाई हुन्छ । सोही नियम उनीहरूको दैनिक जीवन तथा सम्बन्धमा पनि लागू हुन्छ । सम्बन्ध सुमधुर बनाउन पनि उनीहरू उत्तिकै मेहेनत गर्छन् ।
९. राम्रो वाचकमात्र नभई कुशल श्रोता पनि : पत्रकारसँग सुनाउन र बताउनको लागि निकै राेचक किस्सा हुन्छन् । गफिनेसँगै उनीहरू कुशल श्रोता पनि हुन्छन् । उनीहरू ध्यान दिएर तपाईंलाई सुन्छन्, जुन एउटा सम्बन्धका लागि अत्यन्त आवश्यक हुन्छ । यसका साथै, उनीहरूले सानो हिन्टबाट पनि तपाईका धेरै कुरा बुझिहाल्छन् ।
१०ं. उनीहरू सहयोगी हुन्छन् : उनीहरू सहयोगी स्वभावका हुन्छन् । चाहे त्यो कम चिनजान वा थोरै मात्र सामिप्यता भएकै किन नहोस् । उनीहरूले चिनेजानेकाे स्रोत तथा समुदायबाट तपाईंलाई सहयोग गर्न कुनै कसर छोड्दैनन् ।
११. ‘फ्रि टिकट’को सुविधा : पत्रकारलाई कम्पिलिमेन्टरी टिकट मिल्ने गर्दछ । यदि तपाईं लाई कतै जानु छ, नाटक हेर्नु छ, घुम्नु छ भने ‘फ्रि टिकट’ काे व्यवस्था उनीहरूले गर्न सक्छन् ।
स्टाेरीपिकबाट अनूदित