धनगढी / समुदायमा लैंगिक हिंसा रोकथामका लागि निगरानी समुह गठन गरिएको छ । धनगढी उपमहानगरपालिकाको महिला शाखाको अगुवाइमा सीएमसी नेपालको समन्वयमा उपमहानगरपालिका ४ भगवती टोलमा सोमबार निगरानी समिति गठन गरिएको हो ।
ईश्वरी पनेरु भट्टको संयोजकत्वमा ९ सदस्यीय निगरानी समिति गठन गरिएको छ । समितिको सल्लाहकारमा मिना पनेरु, दुर्गा पनेरु र गिता पनेरु चयन भएकाछन् । कार्यक्रममा ३० जना महिलाको सहभागिता रहेको थियो ।
महिला शाखा प्रमुख अनिता बुढा ऐरले निगरानी समहु गठनको महत्व बारे बताएकी थिइन । समुदायमा लैंगिक हिंसाकै कारण महिला समस्यामा परेकोले उनीहरुको सहजताको लागि निगरानी समुह आवश्यक भएको उनले बताईन् । हिंसामा परेका महिलालाई सहयोग गर्न भनेर नगरापालिकाले सेफ हाउस (सुरक्षित घर) संचालन गर्न लागेकोले हिंसामा परेका महिलाको केश पत्ता लगाउन सजिलो होस भनेर निगरानी समुह गठन गरिएको हो ।
मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र सीएमसी नेपालका कैलालीका मनोसामाजिक परामर्शकर्ता धनराज बिकले धेरै महिला अहिले पनि लैंगिक हिंसाको समस्यामा रहेको बताए । युएनएफपिए र आइपासको सहयोगमा सीएमसी नेपालको सहकार्य तथा धनगढी उपमहानगरपालिकाको नेतृत्वमा संचालन गरिएको लैंगिक हिंसा रोकथाम तथा प्रतिकार्य परियोजनाको उद्येश्य बारेमा जानकारी दिएका थिए ।
लैंगिक विभेदमा आधारित हिंसा भनेको के हो ? लिङ्ग र लैंगिकता भनेको के हो ? लैंगिक विभेदमा आधारित हिंसाका प्रकार र यसले पार्ने असरका बारेमा बिकले जानकारी गराएका थिए । साथै हिंसा प्रभावितलाई सेवा तथा सहयोग प्रदान गर्ने निकायका साथै सेती प्रादेशिक अस्पतालमा रहेको एक द्धार संकट व्यवस्थापन केन्द्र ओसीएमसीको सेवा बारेमा सहभागीलाई जानकारी दिएका थिए ।
सहायक महिला विकास निरिक्षक नमिता रावलले सहजीकरण गरेको कार्यक्रमका सहभागीले समुदायमा हिंसाका घटना घटेपनि न्यायको लागि बाहिर आउन नसकेको सहभागी मिना पनेरुले बताईन् ।