लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

किवी खानुका फाइदै फाइदा !

एजेन्सी / किवीबारे धेरै मानिसहरु जानकार भए पनि यसले मानव स्वास्थ्यलाई पुर्‍याउने फाइदाबारे सबैलाई थाहा नहुन सक्छ । निकै स्वादिलो फल किवी प्रायः सबैले रुचाउँछन् । यो फल खाँदा मानव स्वास्थ्यमा पुग्ने फाइदा यी हुन्–

शरीरको घाउलाई निर्मुल पार्छ :किवीमा भिटामिन सी भरपूर मात्रामा पाइने हुँदा यसले एन्टी– अक्सिडेन्टको काम गर्छ । यसले हाम्रो शरीरलाई विभिन्न इन्फेक्सन हुनबाट जोगाउँछ । शरीरमा कुनै घाउ भएको छ भने यसलाई बढ्न दिँदैन र चाडो निको हुन्छ ।

कोलेस्ट्रोल कन्ट्रोल गर्छ : किवीले कोलेस्ट्रोल नियन्त्रणमा अहं भूमिका निर्वाह गर्छ । यसको नियमित सेवन गर्ने हो भने शरीरमा कोलेस्ट्रोल बढ्न पाउँदैन । यसले मुटुसँग सम्बन्धी विभिन्न रोग लाग्नबाट बचाउँछ ।
जोर्नी दुख्ने समस्या निको पार्छ : किवीमा यस्तो गुण हुन्छ जसले अर्थराइटिस (बाथरोग) भएका बिमारीहरुलाई सहज बनाउँछ । जोर्नी दुख्ने समस्या भएका व्यक्तिले किवी खानु निकै फाइदा जनक मानिन्छ । यसले शरीर भित्र भएका अन्य समस्याबाट हुने शारीरिक पीडा कम गराउँछ ।

कब्जियत हुन दिँदैन : किवीमा फाइबरको मात्रा निकै धेरै हुन्छ । किवीको नियमित सेवनका कारण कब्जियत समस्या समाधान हुन्छ ।
– किवीमा पाइने एक्टिनिडेन भनिने खनिज पदार्थले प्रोटिनलाई छिटो पचाउन मद्दत गर्छ । यसले पाचन शक्ति बढाउने काम गर्छ ।
– किवीमा पोटासियमको मात्रा प्रशस्त हुने भएकाले रक्तचाप नियन्त्रण गर्न सहयोग मिल्छ ।
– किवीमा पाइने उच्च भिटामिन सीले रोगप्रतिरोधात्मक क्षमता बढाउँछ ।
– किवीमा रहेको फाइबरले शरीरका विकारहरूलाई पाचन प्रक्रियाको माध्यमबाट बाहिर निकाल्छ ।
– एकदिनमा २–३ वटा किवीको सेवनले रगत जम्ने सम्भावनालाई १८ प्रतिसतसम्म घटाउँछ ।
– किवीमा चिनीको मात्रा कम हुने भएकाले यो सुगरका रोगीहरूका लागि समेत फाइदाजनक छ ।
– किवी अधिक अल्कलाइनमा वर्गीकृत गरिएको फलफूल हो । यसमा उच्च खनिज पदार्थ भएका कारण गहिरो निद्रा लाग्छ ।
– यसको सेवनले शरीरमा फुर्ती आउनुका साथै चिसो कम लाग्छ भने ओस्टियोपोरोसिस घटाउन मद्दत गर्छ ।
– किवी भिटामिन ईको राम्रो स्रोत हो तसर्थ यसले छालालाई बुढ्यौलीको असरबाट जोगाउँछ ।


प्रकाशित : २०७८ फाल्गुन ५ बिहीबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप
    
    error: Content is protected !!