टीकापुर / कैलालीको टीकापुर नगरपालिका वडा न ७ स्थित उज्यालाे बहुउद्देश्यीय सहकारी संस्थाकाे आयाेजनामा २ दिने बिपद् व्यवस्थापन तालिम आज बाट शुरु भएकाे छ ।
प्राक्टिकल एक्सन नेपालकाे सहयाेगमा संचालित सुचाङ्कका आधारमा बाढी बिमा कार्यक्रम अन्तरगत समुदाय स्तरिय बिपद् व्यवस्थापन समितिका पदाधिकारी लाई जाेखिम हस्तान्तरण सम्बन्धि तालिम संचालन भएकाे कार्यक्रम संयाेजक हेमन्त राज जाेशीले जानकारी दिएका छन ।
आजबाट कैलालीको टिकापुर वडा न ८ फाँटा , राजापुर नगरपालिका काे मुर्गैावा र मधुवन नगरपालिका काे पथ्थरबाेझि समुदायमा तालिम संचालन भई रहेकाे समेत जानकारी दिईएकाे छ । सुचाङ्कका आधारमा बाढी बिमा कार्यक्रम कैलालीको जानकी गाउँपालिका , टीकापुर नगरपालिका र बर्दियाकाे राजापुर नगरपालिका गेरुवा गाउँपालिका र मधुवन नगरपालिकाकाे २५ वटा समुदाय कार्यक्रम संचालन रहेकाे छ ।सबै समुदायमा उक्त तालिम संचालन गरिने समेत कार्यक्रम संयाेजक जाेशीले जानकारी दिए ।